श्रावण २, २०८२ शुक्रबार July 18, 2025

एकिकृत समाजबादीका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश

अब जीवनभर एमालेमा रहेर पार्टी काम गर्ने प्रतिबद्धता व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १४ मंसिर । नेकपा (एकीकृत समाजवादी) का प्रदेश कमिटी सदस्य कृष्णकुमार झासहित धनुषाका २१ जना कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । एमालेका महासचिव शंकर पोखरेलले शुक्रबार एमाले पार्टीको केन्द्रीय कार्यालय च्यासलमा उहाँहरूलाई खादा लगाई पार्टीमा स्वागत गर्नुभयो ।

एमालेमा प्रवेश गर्नुहुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा कमिटीका अध्यक्ष रामस्वरुप महतो, सदस्यहरू रामभजन साह, किशोरी साह, सोनफी साह, मञ्जो मुखिया, इन्दुदेवी मुखिया, चन्द्रावती देवीलगायत रहेको महासचिवको सचिवालयले जनाएको छ ।

लामो समय कम्युनिष्ट आन्दोलनका साथै नेकपा (एमाले) मा क्रियाशील एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य झाले अब जीवनभर एमालेमा रहेर पार्टी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नेकपा एकीकृत समाजवादीको औचित्य नभएको र भविष्य सकिएको पार्टी भएकाले आफू पुरानै घरमा फर्किएको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार