असार २८, २०८२ शनिबार July 12, 2025

लिकु स्वास्थ चौकी बन्यो पोषणमैत्री स्वास्थ्य संस्था

६ महिना देखि ५९ महिना भित्रका बालबालिकालाई वर्षमा २ पटक भिटामिन ‘ए क्याप्सुल’ वितरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ठूलीभेरी (डोल्पा), १५ मङ्सिर : यहाँको त्रिपुरासुन्दरी नगरपालिका– १० स्थित लिकु स्वास्थ चौकीलाई पोषणमैत्री स्वास्थ संस्था घोषणा गरिएको छ । स्वास्थ्य सेवा कार्यालय डोल्पा, त्रिपुरासुन्दरी नगरपालिका स्वास्थ्य शाखा र विश्व खाद्य कार्यक्रम ‘एमडीआई नेपाल’ले विभिन्न सूचकको आधारमा पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरेको हो ।

आफ्नो क्षेत्र भित्र पर्ने ६ महिना देखि ५९ महिना भित्रका बालबालिकालाई वर्षमा २ पटक भिटामिन ‘ए क्याप्सुल’ ९० प्रतिशत भन्दा बढी वितरण गरेको र १२ देखि ५९ महिनाका बालबालिकाहरूले जुकाको औषधि वर्षमा दुई पटक ९० प्रतिशत भन्दा बढी पाएको लगायतका सूचक पुरा गरेपछि पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको त्रिपुरासुन्दरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख तुलबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिए पनि बालिकाहरुमा पोषणको कमी आउन नदिन कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिराचन्द्र धरालाले बताउनुभयो । बालबालिकालाई पोषणमा कमी आउन नदिन विश्व खाद्य कार्यक्रम तथा एमडीआई नेपालले बाल स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तरगत डोल्पाका विभिन्न स्वास्थ्य संस्थाहरुबाट पोषणयुक्त पिठो वितरण गर्दै आइरहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार