श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नेपाली काँग्रेसले देशैभरी प्रदेश स्तरीय भेला आयोजना गर्ने

प्रदेशका १ सय ३७ वटै पालिकाका पार्टी सभापतिहरूको सहभागिता रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । नेपाली काँग्रेसले नेपालभरिका पाँच महानगरपालिकाका महानगर सभापतिसहित कोशी प्रदेश स्तरीय भेला आयोजन गर्ने भएको छ ।

यही मङ्सिर–१८ गतेदेखि विराटनगरको जैन भवनमा आयोजना हुने दुई दिने दिने भेलामा कोशी प्रदेशका १४ वटै जिल्लाका जिल्ला सभापति, क्षेत्रिय सभापति तथा नगर सभापति सहित कोशी प्रदेशका १ सय ३७ वटै पालिकाका पार्टी सभापतिहरूको सहभागिता रहने छ ।

भेलाको मङ्सिर–१८ गते दिउसो–१ नेपाली कांग्रेसका वरिष्ठ नेता एवं सांसद डा शेखर कोइरालाले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको भेला आयोजक समितिका संयोजक दिपक चापागाईँले बताउनुभयो ।

आयोजक समितिले विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै भेलामा कोशी प्रदेशका पालिकाका पार्टी सभापति सहित विराटनगर महानगरपालिका, काठमाडौँ महानगरपालिका, पोखरा महानगरपालिका, वीरगन्ज महानगरपालिका तथा ललितपुर महानगरपालिका महानगर सभापतिहरूको सहभागिता रहने जनाएको छ ।

भेलालाई नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी, एनपी साउथ, डिना उपाध्याय, डा मिनेन्द्र रिजाल, गुरुराज घिमिरे तथा कोशी प्रदेशमा रहेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा कोशी प्रदेशका पार्टी सभापतिले संवोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार