काठमाडौंः अमेरिकासहित विभिन्न चार देशका राजदूहरूले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
आज बिहान राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका लागि अमेरिका, साउदी,जर्मनी र अष्ट्रेलियाका राजदूतको शपथ ग्रहण गराएका हुन्।
उक्त समारोहमा अमेरिकाका लागि लोकदर्शन रेग्मी, साउदीका लागि डा. नरेशविक्रम ढकाल, जर्मनीका लागि डा. शैल रुपाखेती र अष्ट्रेलियाका लागि चित्रलेखा यादवले शपथ लिएका हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया