श्रावण २, २०८२ शुक्रबार July 18, 2025

०८४ अघि नै सरकारको नेतृत्व राप्रपाले लिन सक्ने अध्यक्ष लिङ्देनको दाबी

अब राप्रपाले सरकारको नेतृत्व गर्ने बेला आएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले ०८४ अघि नै सरकारको नेतृत्व राप्रपाले लिन सक्ने बताएका छन् । आइतबार बिर्तामोड नगर अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् ।

उनले राप्रपाले अब क्रियाशीलता बढाउनुपर्ने समय आएको बताए । उनले पर्खिने, हेर्ने छुट राप्रपालाई नरहेको भन्दै राप्रपाले अब मुलुकको नेतृत्व लिने समय आएको बताए । । लिङदेनले सकेसम्म ०८४ अगाडि नै र नभए ०८४ को निर्वाचनबाट देशको ठूलो राजनीतिक शक्ति बनेर मुलुकको नेतृत्व गर्ने दाबी गरे । साथै उनले नेपाली काँग्रेस-नेकपा एमाले मिलेर बनाएको सरकारबाट पनि नागरिकहरू खुसी नरहेको भन्दै अब राप्रपाले सरकारको नेतृत्व गर्ने बेला आएको बताए ।

सरकारका प्रधानमन्त्री र मन्त्रीहरु चाहेको ठाउँमा जानसक्ने स्थिति नरहेको बताए । कांग्रेस(नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) उनीहरुकै क्रियाकलापबाट जनताको नजरमा अलोकप्रिय भएको भन्दै जनताले अब तीन वटै पार्टीलाई पूर्ण रुपमा चिनेको पनि बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार