श्रावण २, २०८२ शुक्रबार July 18, 2025

ओखलढुङ्गा मोलुङ ५ मा एमालेका तामाङ विजयी

जिल्ला समन्वय समिति प्रमुखमा भने नेपाली कांग्रेसका टेकराज भट्टराई निर्विरोध निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ओखलढुङ्गा, मङ्सिर १६ गते । ओखलढुङ्गाको मोलुङ गाउँपालिका –५ को वडा अध्यक्षमा नेकपा (एमाले) का गंगाबहादुर तामाङ बिजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका घनश्याम दाहाललाई २२२ मतले पछि पार्दै तामाङ विजयी हुनुभएको हो ।

एमालेका तामाङले ३९९ मत प्राप्त गर्दा कांग्रेसका दाहाले १७७ मत प्राप्त गर्नुभएको छ । आइतवार सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका बिष्णुप्रसाद पोखरेलले १५१ मत प्राप्त गर्नुभयो ।

यस्तै, नेकपा (माओवादी केन्द्र) का मानबहादुर सुनुवारले २३, राष्ट्रिय प्रजातन्त्र पार्टीका चन्द्रमणी दाहालले ३, जनता समाजवादी पार्टीका इन्द्रबहादुर दर्जीले ३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले जानकारी दिनुभयो । जम्मा ७६८ मत खसेकोमा १२ मत भने बदर भएको अधिकृत गौतमले जानकारी दिनुभयो । कुल १३ सय २५ मतदातामध्ये ७६८ जनाले मतदान गरेका थिए ।

जिल्ला समन्वय समिति प्रमुखमा भने नेपाली कांग्रेसका टेकराज भट्टराई निर्विरोध निर्वाचित हुनुभएको छ । जिसस प्रमुख डिल्लीराम खनाल र मोलुङ–५ का वडा अध्यक्ष गोपिकृष्ण कार्कीको निधन भएकाले ओखलढुङ्गामा उपनिर्वाचन भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार