असार २८, २०८२ शनिबार July 12, 2025

भेरी अस्पतालमा अब ‘हेमोफेलिया’ रोगको औषधि निःशुल्क पाइने

सेवा सुरु भएसँगै पश्चिम नेपालका हेमोफेलियाका बिरामीका लागि उपचारमा सहजता र सुविधा पुगेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालगन्ज । भेरी अस्पतालमा अब ‘हेमोफेलिया’ अर्थात् ‘जेनेटिक ब्लड डिसअर्डर’ का बिरामीहरूका लागि आवश्यक पर्ने औषधि निःशुल्क पाइने भएको छ । हेमोफेलियाका बिरामीका लागि आवश्यक पर्ने ‘फ्याक्टर–८ र फ्याक्टर–९’ औषधि भेरी अस्पतालमै निःशुल्क पाइने भएको हो । यसअघि यो सेवाका लागि बिरामीहरू काठमाडौँ जानुपर्ने बाध्यता थियो ।

भेरी अस्पतालका मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डेले आजदेखि हेमोफेलियाका बिरामीका लागि आवश्यक पर्ने ‘फ्याक्टर–८ र फ्याक्टर–९’ औषधि भेरी अस्पतालमै निःशुल्क रुपमा पाइने व्यवस्था मिलाइएको बताउनुभयो । भेरी अस्पतालमा यो सेवा सुरु भएसँगै पश्चिम नेपालका हेमोफेलियाका बिरामीका लागि उपचारमा सहजता र सुविधा पुगेको छ ।

अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन समेत रहनुभएका डा. पाण्डेले हेमोफेलियाका बिरामीका लागि आवश्यक पर्ने फ्याक्टर–८ र ९ भेरी अस्पतालबाटै पाइने भएपछि बिरामीलाई निकै सहज भएको बताउनुभयो ।

रगत जमाउने आवश्यक तत्त्वको कमीका कारणले लामो समयसम्म रक्तस्राव भइरहने अवस्थालाई हेमोफिलिया भनिन्छ । हेमोफेलिया रगतजन्य आनुवंशिक रोग हो । यो एक वंशाणुगत समस्याका रूपमा बढी देखिएको डा. पाण्डे बताउनुहुन्छ । राज्यले यस रोगबाट प्रभावित व्यक्तिको निदान, हेरचाह र उपचारका लागि केही बजेट छुट्टाउने गरेको छ । तर, पर्याप्त छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार