बझाङ । बझाङको सुर्मा गाउपालिका वडा नम्बर –४ को वडाध्यक्षमा नेपालि कांग्रेसका उम्मेदवार धिरेन्द्र पुजारा निर्वाचित भएका छन्।
आइतबार भएको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार पुजारा छ सय ५७ मत प्राप्त गरी विजयी भएको जिल्ला निर्वाचन अधिकारी सुदर्शन लामिछानेले बताउनु भएको छ ।
उहाका अनुसार नेकपा (एमाले) का लखिचन्द्र बोहराले चार सय ८७ मत,र नेकपा (माओवादी केन्द्र) का पुस्कर बहादुर बोहराले १७ मत प्राप्त गरेका छन ।
यसअघि २०७९ सालमा भएको निर्वाचनमा सो वडामा नेकपा (एमाले) का सर्जन बहादुर बोहरा निर्वाचित भएका थिए ।वडाध्यक्ष सर्जन बोहराको निधन भएपछि रिक्त रहेको वडाध्यक्ष पदमा उपनिर्वाचन भएको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया