श्रावण २, २०८२ शुक्रबार July 18, 2025

जनमत पार्टीद्धारा सभामुख घिमिरेको राजीनामा माग (पत्रसहित)

सभामुखले समानुपातिक सांसद सापकोटलाई नहटाएको भन्दै असन्तुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः डा. सिके राउत नेतृत्वको जनमत पार्टीले सभामुख देवराज घिमिरेको राजीनामा माग गरेको छ ।

यसअघि पार्टीको गतिविधिविरुद्ध काम गरेको भन्दै समानुपातिक सांसद सोभा लाभ सापकोटालाई कारबाही गरेको जनमतले उनलाई हटाउन भन्दै पटकपटक संसद् सचिवालयमा निवेदन दिइसकेको छ । तर सभामुखले सापकोटलाई नहटाएको भन्दै असन्तुष्टि जनाएको हो ।

त्यस्तै सभामुखले सापकोटा एमालेमा जाने तयारी गरेका कारण उनलाई कारबाही नगरी संरक्षण गरेको आरोप जनमत पार्टीको रहेको छ ।

‘कोही प्रतिनिधि सभा सदस्य सभामुखको नातेदार र समुदायको मान्छे पर्यो भन्दैमा र सभामुखको (पूर्व) पार्टी नेकपा (एमाले) मा जाने बचनबद्धता गर्यो भन्दैमा जनमत पार्टीले केन्द्रीय समितिको सम्पूर्ण प्रक्रिया पुर्याइ कारबाही सदर गरिसकेको सदस्यलाई यसरी गैरसंवैधानिक कदमविरुद्ध रक्षा गर्ने सभामुले अविलम्ब राजीनामा दिनुपर्दछ,’ सो पार्टीका प्रवक्ता डा. शरदसिंह यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सांसद सापकोटाले पार्टी फुटाउन लागेको भन्दै जनमतले उनलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार