काठमाडौँ । कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली काँग्रेस विजयी भएको छ ।
आइतबार भएको उपनिर्वाचनको मतगणनाको अन्तिम मत परिणामअनुसार काँग्रेसका कृष्ण मान डंगोल निर्वाचित भएका हुन् ।
अन्तिम मत परिणामअनुसार काँग्रेसका डंगोल ५ हजार ३३४ मतसहित विजयी बनेका हुन् । त्यस्तै, माओवादी केन्द्रका शिवशरण महर्जनले ४ हजार ५५५ मत पाउँदा नेकपा एमालेका सुरेन्द्र मानन्धरले ४ हजार ३३७ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया