श्रावण २, २०८२ शुक्रबार July 18, 2025

स्थानीय निकाय उपचुनावको अन्तिम परिणाम : कुन पार्टीले कहाँ जिते ? (सूचीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, १८ मंसिर । स्थानीय निकायमा उपचुनावको मतगणना सकिएको छ । रिक्त विभिन्न ४२ पदका लागि उपचुनावको सबै नतिजा आएको छ । एक मेयर, एक उपमेयर, दुई अध्यक्ष, चार उपाध्यक्ष, र ३४ वटा वडाध्यक्षको नतिजा सार्वजनिक भएको हो ।

४२ पदमध्ये समग्रमा नेपाली कांग्रेसले १७ पद, माओवादीले ११ पद र एमालेले आठ पद जितेका छन् । एउटा मेयर पदको उपचुनाव अर्थात् काठमाण्डौको कीर्तिपुरमा कांग्रेसले जितेको छ । एउटा उपमेयरको लागि भएको चुनाव अर्थात् जाजरकोटको नलगाडमा माओवादीले जितेको छ ।

गाउँपालिकाका दुई अध्यक्षको लागि भएको भएको उपचुनावमा दैलेखको महाबु गाउँपालिकामा एमालेका जंगबहादुर शाही र मोरङको ग्रामथानमा माओवादी केन्द्रका नमोनारायण माझी विजयी हुनुभएको छ ।

चार उपाध्यक्षमध्ये हुम्लाको सर्केगाड र रुकुमको पुथा उत्तरगंगामा माओवादी तथा बाजुराको स्वामीकार्तिक र दोलखाको गौरीशंकरमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

यस्तै, रिक्त रहेका ३४ वडाध्यक्षमध्ये कांग्रेसले १६, माओवादी केन्द्रले निर्विरोधसहित सात, एमालेले पाँच, जसपा नेपालले दुई, रास्वपाले एक, एकीकृत समाजवादीले एक, नेमकिपाले एक र स्वतन्त्र उम्मेदवारले एक ठाउँमा जितेका छन् ।

कांग्रेसले जितेका स्थानीय तहरु : 
नगरपालिका प्रमुखः
कीर्तिपुर नगरपालिका – कृष्णमान डंगोल (०७९ मा कांग्रेसले जितेको )
वडाहरूः
१. कीर्तिपुर नगरपालिका –१, इच्छा कुमार महर्जन । (०७९ मा कांग्रेसले जितेको)
२. हेटौँडा उपमहानगरपालिका – १२, अर्जुनप्रसाद तिवारी । (०७९ मा माओवादीले जितेको)
३. कञ्चनपुरको भीमदत्त नगरपालिका – ६,  प्रकाश चन्द । (०७९ मा कांग्रेसले जितेको)
४. तेह्रथुमको लालिगुराँस नगरपालिका – ८, नगेन्द्र लिम्बु । (०७९ मा कांग्रेसले जितेको)
५. सुनसरीको गढी गाउँपालिका – ६, तेतर साहु । (०७९ मा एमालेले जितेको)
६. रोल्पाको रुन्टीगढी गाउँपालिका – ४, भुपमणि पुन मगर । (०७९ मा कांग्रेसले जितेको)
७. बर्दियाको ठाकुरबाबा नगरपालिका – ४, अमिन थारु । (०७९ मा कांग्रेसले जितेको)
८. रौतहटको  राजपुर नगरपालिका – ६, समसे आलम । (०७९ मा कांग्रेसले जितेको)
९. गुल्मीको मुसिकोट नगरपालिका– १, आनन्द श्रेष्ठ । (०७९ मा कांग्रेसले जितेको)
१०. रौतहटको इशनाथ नगरपालिका – ७, शेख अब्दुल खलिक । (०७९ मा एमालेले जितेको)
११. डोटीको पूर्वीचौकी गाउँपालिका – ६, मोहन थापा । (०७९ मा कांग्रेसले जितेको )
१२. रुकुम पश्चिमको सानीभेरी गाउँपालिका – ५, मोतीराम खत्री ।  (०७९ मा कांग्रेसले जितेको)
१३. जाजरकोटको कुशे गाउँपालिका–७, खम्बबहादुर सिंह । (०७९ मा माओवादीले जितेको)
१४. दार्चुलाको दुहुँ गाउँपालिका – ५, धनबहादुर कुँवर । (०७९ मा माओवादीले जितेको)
१५. बझाङको सूर्मा गाउँपालिका – ४, धिरेन्द्र पूजारा । (०७९ मा एमालेले जितेको)
१६. कीर्तिपुर नगरपालिका – ४, राजेन्द्र बानियाँ । (०७९ मा स्वतन्त्रले जितेको)

१७. जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा टीका चौधरी भुल निर्विरोध निर्वाचित

१८. जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुखमा टेकराज भट्टराई निर्विरोध निर्वाचित

माओवादीले जितेका स्थानीय तहरु : 

१. मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष – नमोनारायण माझी । (०७९ मा कांग्रेस विजयी)
२. जाजरकोटको नलगाड नगरपालिका उपमेयर – देवका लामिछाने । (०७९ मा कांग्रेस विजयी)
३. रुकुमको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष–नरपुरा बुढा । (०७९ मा माओवादी विजयी)
४. हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष– देवकी तिमिल्सना । (०७९ मा माओवादी विजयी)
वडाहरू –
१. उदयपुरको त्रियुगा नगरपालिका – १२,  नविनकुमार वान्तवा राई । (०७९ मा कांग्रेसले जितेको)
२. उदयपुरको बेलका नगरपालिका– ९  भरत घिमिरे । ( ०७९ मा कांग्रेस विजयी)
३. नुवाकोटको ककनी गाउँपालिका – २, कृष्ण घिमिरे (मिलन) । (०७९ मा कांग्रेसले जितेको)
४. धनुषाको धनुषाधाम नगरपालिका – १, सुनिल कापर केवट । (०७९ मा कांग्रेसले जितेको)
५. गोरखा नगरपालिका – ५, विष्णुबहादुर रानामगर । (०७९ मा एमालेले जितेको)
६. डोल्पाको त्रिपुरासुन्दरी – ५, नरबहादुर झाक्री । (०७९ मा एमालेले जितेको)
७. रुकुमको पुथा उत्तरगंगा–२, जगत घर्ती (निर्विरोध) । (०७९ मा माओवादीले जितेको)

एमालेले जितेका पालिकाहरू :

१. दैलेखको महाबु गाउँपालिका अध्यक्ष– जंगबहादुर शाही । (०७९ मा कांग्रेसले जितेको)
२. बाजुराको स्वामीकार्तिक गाउपालिका उपाध्यक्ष– सुलोचना भण्डारी। (०७९ मा कांग्रेसले जितेको )
३. दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष– उमा मगर शेर्पा । (०७९ मा कांग्रेसले जितेको )

एमालेले जितेका वडाहरू –

१. कपिलवस्तुको शुद्धोधन गाउँपालिका – १, मोहमद ताहिर मुसलमान । (०७९ मा कांग्रेसले जितेको)
२. दैलेखको दुल्लु नगरपालिका – १, लालबहादुर शाही । (०७९ मा एमालेले जितेको)
३. ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका – ३, कुमारी सावादेन । (०७९ मा कांग्रेसले जितेको )
४. महोत्तरीको रामगोपालपुर नगरपालिका – २, सकिबुल खाँ । (०७९ मा माओवादीले जितेको)
५. ओखलढुङ्गाको मोलुङ गाउँपालिका – ५, गङ्गाबहादुर तामाङ । (०७९ मा एमालेले जितेको)

रास्वपाका उम्मेदवार विजयी भएको वडाहरू :

१. काठमाण्डौ महानगरपालिका – १६, रोजिना श्रेष्ठ । (०७९ मा कांग्रेसले जितेको)

जसपा नेपालका उम्मेदवार विजयी भएका वडा :

१. सप्तरीको डाक्नेश्वरी नगरपालिका – १, धिरेन्द्रकुमार साह । (०७९ मा कांग्रेसले जितेको)
२. सप्तरीको डाक्नेश्वरी नगरपालिका – ४, देवेन्द्रप्रसाद यादव । (०७९ मा कांग्रेसले जितेको)

एकीकृत समाजवादीका उम्मेदवार विजयी भएको वडा :

१. रौतहटको गढीमाई नगरपालिका – ८,  बजरङ्गीप्रसाद यादव । (०७९ मा जसपाले जितेको)
नेमकिपाका उम्मेदवार विजयी भएको वडा :

१. कालीकोटको तिलागुफा गाउँपालिका – ४, खड्कराज शाही । (०७९ मा माओवादीले जितेको)

स्वतन्त्र उम्मेदवार विजयी भएको वडा :

१. झापाको कन्काई नगरपालिका – ६, लक्ष्मीप्रसाद ओली । (०७९ मा एमालेले जितेको)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार