असार २८, २०८२ शनिबार July 12, 2025

गर्भवती र सुत्केरीलाई पोषण प्याकेज

नगरका १४ वडाका १६ स्वास्थ्य संस्थामा महिनाको एकपटक नगरपालिकाको ‘आमासँग उपप्रमुख’ कार्यक्रम सञ्चालन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तम्घास (गुल्मी), १८ मङ्सिरः गुल्मीको रेसुङ्गा नगरपालिकाले गर्भवती र सुत्केरीलाई पोषण प्याकेज तथा न्यानो कपडा उपलब्ध गराएको छ । चालु आर्थिक वर्ष २०८१-८२ को वार्षिक नीति तथा कार्यक्रमअनुसार नगरपालिकाले चना, अण्डा, आयोडिनयुक्त नुन लगायतका सरसफाइका सामग्री एवं न्यानो कपडा उपलब्ध गराएको हो ।

यस कार्यक्रमअन्तर्गत महिलाहरु प्रथमपटक गर्भ जाँच गरेदेखि चौथो पटक जाँच गर्दासम्म एवं सुनौलो हजार दिनका आमाहरुलाई पोषण प्याकेज तथा सरसफाइका सामग्री उपलब्ध गराइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मञ्जु घर्ती मगरले जानकारी दिनुभयो ।

यो कार्यक्रम चालु आर्थिक वर्षभरि सञ्चालन गर्ने नगरपालिकाको योजना छ । यसका लागि ‘आमासँग उपप्रमुख’ कार्यक्रम सञ्चालन गरिएको छ । यस वर्ष रु पाँच लाख बजेट विनियोजन गरी नगरले गर्भवती र सुत्केरीका लागि काम गरिरहेको छ । नगरका १४ वडाका १६ स्वास्थ्य संस्थामा महिनाको एकपटक नगरपालिकाको ‘आमासँग उपप्रमुख’ कार्यक्रम सञ्चालन हुनेछ । यसरी हेर्दा नगरपालिकाभरी एक सय ९२ पटक घुम्ती शिविर प्रदान गरिने स्वास्थ्य शाखा प्रमुख घर्तीले जानकारी दिनुभयो ।

गर्भवतीका लागि भिडियो एक्स–रे

नगरपालिकाको सेवा लिएर स्वास्थ्य संस्थामा जाँदा गर्भवतीका लागि भिडियो एक्स–रेको सुविधा पनि प्रदान गर्ने गरिएको छ । यसका लागि रु दुई लाख विनियोजन गरिएको छ । तालिम प्राप्त जनशक्तिले भिडियो एक्स–रे गर्ने नगरपालिकाले जनाएको छ ।

बाहिर अस्पतालमा भिडियो एक्स–रे गराउँदा एक जनाको रु आठ सयदेखि नौ सयसम्म पर्ने तर नगरपालिकाले निःशुल्क रुपमा भिडियो एक्स–रेको सुविधा दिने वडा नं ८ का वडाध्यक्ष निरञ्जन थापाले बताउनुभयो । “आगामी दिनमा अपाङ्गगता भएका बालबालिका नजन्मिऊन् भन्ने उद्देश्यले यो कार्यक्रमको सुरुआत गरिएको हो”, वडाध्यक्ष थापाले भन्नुभयो, “यसले गरिब तथा विपन्न परिवारलाई धेरै नै टेवा पुगेको छ ।”

अस्पतालदेखि टाढा रहेका वडा नं ५, ६, १०, ११, १२, १३ र १४ वडाका महिलालाई यो कार्यक्रमले धेरै नै लाभ पुग्ने जनाइएको छ । यसै कार्यक्रमअन्तर्गत हालसम्म नगरका ५७ महिलाले भिडियो एक्स–रेको सुविधा लिएका छन् । भिडियो एक्स–रेको समेत सुविधा थप हुँदा यो कार्यक्रमको प्रभावकारिता बढेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार