श्रावण २, २०८२ शुक्रबार July 18, 2025

बिआरआई परियोजनाबारे अहिले नै बोल्नु गलत हुन्छ : ईश्वर पोखरेल

बिआरआईलाई लिएर काँग्रेस नकारात्मक र एमाले सकारात्मक छ भन्ने भ्रम फैल्याइए पनि सहमतिमै अघि बढेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण फलदायी हुने दाबी गरेका छन् । चीन भ्रमणको विषयमा बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई)परियोजनालाई लिएर विभिन्न अड्कलबाजी भइरहेको भए पनि त्यो सत्य नरहेको उनकाे भनाइ छ ।

भ्रमणका क्रममा विभिन्न परियोजनाबारे औपचारिक छलफल जारी रहेको उल्लेख गर्दै बिआरआई परियोजनाबारे अहिले नै बोल्नु गलत हुने उनले बताए । बीआरआई परियोजनाबारे संयुक्त वक्तव्य आएपछि मात्र सबै कुराको जानकारी पाइने उनकाे तर्क छ ।

उपाध्यक्ष  पोखरेलले बिआरआई परियोजना राष्ट्रिय स्वार्थको विषय भएकाले अग्राधिकार दिएर अघि बढ्ने कुरामा नेपाली काँग्रेस र नेकपा एमालेबीच सहमतिको दस्तावेज तयार भएको बताए । उनले बिआरआईलाई लिएर काँग्रेस नकारात्मक र एमाले सकारात्मक छ भन्ने भ्रम फैल्याइए पनि आफूहरु सहमतिमै अघि बढेको जिकिर गरे ।

उनले भने, ‘खासगरी बिआरआईलाई हेर्ने सन्दर्भमा बाहिर अनेक ढंगले अड्कलबाजीहरु भइरहेका थिए । बिआरआईका सम्बन्धमा कांग्रेस नकारात्मक र एमाले सकारात्मक छ भन्ने ढंगले पनि कुराहरु बाहिर आइरहेका थिए । त्यस्तो होइन हामी राष्ट्रिय स्वार्थको विषयलाई अग्राधिकार दिएर अगाडि बढ्छौं कांग्रेस र एमालेले नेपालको राष्ट्रिय राजनीतिमा नयाँ खालको सहमतिको दृष्टान्त हो स्थापित गरेका छौं । जहाँसम्म भ्रमणको कुरा छ आज समकक्षि चिनियाँ प्रधानमन्त्री र राष्ट्रपतिसँग पनि भेट भइसकेको जानकारी हामीले पाएका छौं । थप विवरण त भोलि जोइन्ट स्टेटमेण्ट आउँला त्यसमा आउनेछन् । हाम्रो पारस्परिक समझदारीमा बनेको तयारीका आधारमा कुराहरु भएका छन् । कुराहरु फलदायी ढंगले भएका छन् ।’

पाेखरेलले प्रधानमन्त्रीको पहिलो भ्रमण आवश्यकताको आधारमा जुनसुकै मित्रराष्ट्रको हुनसक्ने कुरामा काँग्रेस र एमालेबीच एकमत रहेको भन्दै यसलाई अन्यथा लिन नहुने पनि बताए ।  उनले प्रधानमन्त्रीको चीन भ्रमण मुलतः राजकीय भ्रमण भए पनि पार्टीगत सम्बन्ध पनि सुमधुर हुने विश्वास व्यक्त गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार