असार २४, २०८२ मंगलबार July 8, 2025

सात सय बङ्गलादेशी कैदी अझै फरार

जेलबाट फरार कम्तीमा ७० जना ‘आतङ्कवादी’ वा मृत्युदण्डको सजाय पाएका कैदी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ढाका, मङ्सिर १९ गते । स्वेच्छाचारी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्ने विद्यार्थी नेतृत्वको क्रान्तिका क्रममा गृष्मऋतुमा सामूहिक जेल भङ्ग भएपछि करिब सात सय बङ्गलादेशी जेलका कैदी अझै फरार रहेको अधिकारीहरूले बुधबार बताएका छन् । लोकप्रिय विद्रोहको चरम अवस्थामा आफ्नो सरकार पतन भएपछि हसिना अगस्टमा छिमेकी भारत भाग्नुभएको थियो ।

उहाँको प्रस्थानअघिका हप्ताहरूमा मुस्लिम बहुल दक्षिण एसियाली यस मुलुकका पाँच जेलमा प्रदर्शनकारीहरूले गरेको विद्रोह वा घेराबन्दीका कारण करिब दुई हजार दुई सय कैदी आफ्नो सेलबाट भागेका थिए ।

तीमध्ये करिब एक हजार पाँच सयलाई पक्राउ गरिएको र बाँकी अझै फरार रहेको कारागार प्रमुख सैयद मोहम्मद मोताहेर हुसेनले पत्रकारहरूलाई जानकारी दिनुभयो । उहाँका अनुसार जेलबाट फरार कम्तीमा ७० जना ‘आतङ्कवादी’ वा मृत्युदण्डको सजाय पाएका कैदी थिए ।

जुलाई १९ मा सयौँ मानिसले राजधानी ढाकाको पूर्वमा रहेको नरसिङ्गडी सहरको जेलमा आक्रमण गरे, सुविधामा आगो लगाए र सयौँ कैदीलाई मुक्त गरे ।

त्यसपछिका सप्ताहमा अरू चार कारागारमा समेत आक्रमण गरियो । त्यसमध्ये काशिमपुरको उच्च सुरक्षा सुविधा पनि थियो । त्यहाँ देशका केही सबैभन्दा कुख्यात अपराधीहरू थिए ।

प्रहरी प्रवक्ता इमाम हुसेन सागरले भागेका बाँकीलाई पत्ता लगाउने प्रयास जारी रहेको बताउनुभयो । “हामीले सबै प्रहरी चौकीलाई सतर्क रहन र भागेका कैदीहरूलाई पक्राउ गर्न निर्देशन दिएका छौँ”, उहाँले भन्नुभयो ।

हसिनाको निष्कासनपछि अदालतले जमानत दिएका धेरै ‘शीर्ष आतङ्कवादी’ लाई पनि प्रहरीले नजिकबाट निगरानी गरिरहेको सागरले बताउनुभयो ।  रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बौद्धबाट १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ असार २४, मंगलबार
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार
छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौं : प्रधानन्यायाधीश
२०८२ असार २४, मंगलबार
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
इन्धन अभावले गाजामा मानवीय स्थिति भयावह : संयुक्त राष्ट्रसङ्घ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार