असार २४, २०८२ मंगलबार July 8, 2025

नर्वेले किन गर्‍यो तालिबानी राजदूत अस्वीकार

तालिबानद्वारा नियुक्त कुनै पनि नयाँ अफगानिस्तानी राजदूतलाई मान्यता नदिने घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ओस्लो, मङ्सिर २० गते । महिला र केटीहरूको व्यवहारको विरोधमा सम्बन्धहरू यथावत रहेको अवस्थामा तालिबानद्वारा नियुक्त कुनै पनि नयाँ अफगानिस्तानी राजदूतलाई मान्यता नदिने नर्वेले बिहीबार घोषणा गरेको छ ।

ओस्लोमा रहेको अफगानिस्तान दूतावास सेप्टेम्बर १२ मा बन्द नभएसम्म पहिलेको पश्चिमी समर्थित सरकारप्रति वफादार अधिकारीहरूद्वारा सञ्चालित थियो ।

काबुलमा रहेका तालिबान अधिकारीहरूको अनुरोधमा मिसन बन्द गरिएको नर्वेली अधिकारीहरूले बताए । तालिबानले सन् २०२१ मा अफगानिस्तानमा पुनः नियन्त्रण लिए तर कुनै पनि देशले औपचारिक रूपमा मान्यता दिएनन् ।

“हामीले तालिबानलाई यदि तिनीहरूको कोही नयाँ अफगानिस्तानी राजदूत पठाउने इच्छा छ भने ओस्लोमा स्वीकार गर्ने कुरै छैन भनी स्पष्ट पारेका छौँ”, नर्वेका विदेशमन्त्री एस्पेन बार्थ एइडेले भन्नुभयो, “हालै अफगानिस्तानमा विशेष गरी अफगान महिला र केटीहरूलाई प्रभावित गर्ने नयाँ प्रतिबन्धहरू लगाइएका छन्, यही कारणले नर्वेले आफ्ना सम्बन्धहरू कम गर्दै छ ।”

नर्वेले ‘कन्सुलर मामिला, भिसा र अन्य जरुरी मामिलाहरू’ सम्हाल्न मात्र अफगान अधिकारीलाई स्वीकार गर्ने उहाँले विज्ञप्तिमा बताउनुभयो ।

अफगानिस्तानमा महिला र केटीहरूका लागि स्थितिमा थप कठोरता ल्याइएपछि सम्बन्धहरू कम गर्ने निर्णय त्यसपछि आएको हो । अफगानिस्तानमा पहिले नै महिला तथा केटीहरूलाई १२ वर्ष उमेरपछि औपचारिक शिक्षाबाट निषेध गरिएको छ र क्रमशः सार्वजनिक स्थानहरूबाट विस्थापित गरिएको छ ।

सेप्टेम्बरमा लन्डनस्थित अफगान मिसनलाई पनि तालिबान अधिकारीहरूले आफ्ना कर्मचारीहरूलाई बर्खास्त गरेपछि बन्द गरिएको थियो ।  रासस, एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार