असार २४, २०८२ मंगलबार July 8, 2025

दक्षिण कोरियामा राष्ट्रपतिले दिए आफ्नै पार्टीका नेता पक्रने आदेश

सूचीमा प्रमुख प्रतिपक्ष दलका नेता लि जेय–मेयुङका साथै विपक्षी दलका अन्य तीन नेताको पनि नाम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योलले सत्तारुढ दलका नेता हान डोङ–हुनलाई पक्रने आदेश दिएको खुलासा भएको छ ।

मंगलबार राति मार्शल ल लागू गर्दाखेरि योलले डोङ–हुनलाई पक्राउ गर्ने आदेश दिएको बताइएको छ ।

यो सूचीमा प्रमुख प्रतिपक्ष दलका नेता लि जेय–मेयुङका साथै विपक्षी दलका अन्य तीन नेताको पनि नाम रहेको नेशनल इन्टिेलिजेन्स सर्भिसका डेपुटी निर्देशक हङ जाङ–वनले भनेका छन् । राष्ट्रपतिले उनीहरूलाई पक्रिने र उनीहरूको पत्ता साफ गर्न सो अवसर प्रयोग गरेको पनि जाङ–वनले भनेका छन् ।

यूनविरुद्ध महाभियोगको मतदानको तयारी भइरहँदा शुक्रबार राजनीतिक दलहरूको आकस्मिक बैठकमा यो खुलासा भएको हो । महाभियोगमा मतदान शनिबारको लागि तय भएको प्रमुख विपक्षी दलले भनेको छ ।

प्रस्ताव पारित गर्न आवश्यक संख्या जुटाउन सकिन्छ भन्ने पक्का भएलगत्तै मतदान हुने पनि पार्टीले भनेको छ । ३०० सिटको संसदमा प्रतिपक्ष दलका १९२ सिट छ ।

तर प्रस्ताव पारित गर्न सत्तारुढ दलका ८ सांसदको समर्थन जुटाउन पर्नेछ । डोङ–हुनले राष्ट्रपति युन सुक–योलको संवैधानिक अधिकारलाई निलम्बन गर्न आवश्यक रहेको बताएका थिए । यसलाई महाभियोग प्रस्तावमा सुक–योलको पार्टीका सांसदहरूले पनि मतदान गर्न सक्ने पहिलो स्पष्ट संकेतको रुपमा हेरिएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार