माघ ४, २०८१ शुक्रबार January 17, 2025

संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोगमा सर्ट लिस्टमा परेका ४० जनाको नाम सार्वजनिक (सूचीसहित)

दुई आयोगको अध्यक्षका लागि ८ जना र सदस्यका लागि ३२ जनाको नाम छनोट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोगहरू सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको अध्यक्ष तथा सदस्यमा सिफारिस भएका ४० जनामाथि उजुरी आह्वान गरेको छ ।

सिफारिस समितिले आज एक सूचना जारी गर्दै सिफारिस भएका अध्यक्ष तथा सदस्यमाथि कसैको कुनै प्रतिक्रिया भए सूचना प्रकाशन भएको मितिले पाँच दिनभित्र पुस्ट्याइँ हुने आधार प्रमाणसहित समितिको सचिवालयमा लिखित वा विद्युतीय माध्यमबाट आइपुग्ने गरी उजुरी पेस गर्न आग्रह गरेको छ ।

यदि त्यस्तो प्रतिक्रिया हुनेहरूले आफ्नो विषय पुष्टि हुने आधार र प्रमाणसहित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा प्रमाणसहित लिखित रूपमा दिन सक्नेछन्।

दुई आयोगको अध्यक्षका लागि ८ जना र सदस्यका लागि ३२ जनाको नाम छनोट गरेको छ।

अध्यक्ष पदका लागि डिल्लीराज आचार्य, अच्युतप्रसाद भण्डारी, विजय सिजापति, विश्वराज कोइराला, सुदीप पाठक, महेश थापा, शेरबहादुर केसी र काशीराज दाहाल छनोट भएका छन्।

दुई आयोगका पदाधिकारीका लागि १५६ जनाको आवेदन परेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया