श्रावण ३, २०८२ शनिबार July 19, 2025

पश्चिमसेती र माथिल्लो कर्णाली आयोजनाले कायापलट हुन्छ : मन्त्री भण्डारी

स्वदेशी तथा विदेशी लगानीकर्तालाई यथेष्ट लगानीको वातावरण दिन सरकार प्रतिवद्ध रहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनगढी, मङ्सिर २२ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पश्चिमसेती र माथिल्लो कर्णाली जलविद्युत आयोजना बनेमा सुदूरपश्चिमको मात्र नभइ मुलुककै कायापलट हुने बताउनुभएको छ ।

आजबाट धनगढीमा सुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । यी दुई ठुला आयोजनाले आर्थिक रुपमा उच्च ‘भाइब्रेन्ट’ हुने भएकाले सरकारले अगाडि बढाएको उहाँको भनाइ छ ।

मन्त्री भण्डारीले सुरुमा ७५० मेगावाटको अध्ययन भएको पश्चिमसेती जलविद्युत आयोजनालाई ८०० मेगावाटको बनाउन सकिनेगरी पछिल्लो पटक अध्ययन भएको बताउनुभयो । पश्चिमसेती जलविद्युत आयोजनालाई बनाउनका लागि भारतीय कम्पनीसँग सम्झौता भइ विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) समेत तयार भएको मन्त्रीको भनाइ थियो ।

उहाँले पश्चिमसेती जलविद्युत आयोजनालाई केही समयपछि कार्यान्वयन गर्नेगरी प्रस्ताव लगानी बोर्डबाट स्वीकृत भएको जानकारी दिनुभयो । यसैगरी, अछाममा माथिल्लो कर्णाली निर्माणका लागि लागत स्टिमेट स्वीकृत गरी यसलाई अगाडि बढाउने निर्णय भइसकेको मन्त्री भण्डारीले बताउनुभयो ।

उहाँले स्वदेशी तथा विदेशी लगानीकर्तालाई यथेष्ट लगानीको वातावरण दिन सरकार प्रतिवद्ध रहेको बताउनुभयो । त्यसको लागि आवश्यक नीतिगत सुधार गरिने उहाँले उल्लेख गर्नुभयो । पछिल्लो पटक नेपालमा विदेशी लगानी बढेको मन्त्रीको भनाइ थियो ।

उहाँले युवा विदेशिनेक्रम निराशा मात्र नभइ आशा पनि रहेको बताउनुभयो । रहरले मात्र नभइ सम्भावनाले पनि युवा विदेश गइरहेको उल्लेख गर्नुहुँदै मन्त्री भण्डारीले थप्नुभयो, “हामीले निराशाको गीत मात्रै गाएर हुँदैन, आशा र सम्भावनाको पनि कुरा गर्नुपर्दछ । नेपालमा सम्भावना नभएर सबै युवा विदेशिए भन्यौं भने यो एउटा गलत भाष्य हुनेछ ।”

आर्थिक वृद्धिदर उच्च रहेका दुई छिमेकीबाट नेपालले लाभ लिन सक्नुपर्ने उहाँको जोड थियो । अहिलेको निराशालाई आशा र सम्भावनामा बदल्ने सरकारले संकल्प लिएको मन्त्रीले उल्लेख गर्नुभयो । उद्यमशिलता र व्यापार वृद्धि आजको अहम विषय रहेको उहाँको भनाइ थियो ।

महोत्सव उद्घाटनको क्रममा सुदूरपश्चिमको विकासको सवालमा पूरा हुन बाँकी १० बुँदा माग बराबर १० किलोको फूलको माला मन्त्री भण्डारीलाई लगाइएको थियो । यसैगरी, विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । महोत्सव उद्घाटन अवसरमा विभिन्न समुदायको कला, संस्कृति झल्किने साँस्कृति झाँकी पनि प्रस्तुत गरिएको थियो ।

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको १८ औं संस्करणको सुदूरपश्चिम महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ । गोप

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार