मंग्सिर १, २०८२ सोमबार November 17, 2025

सर्वोच्चद्धारा पुर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने सरकारी वकिलको कार्यालयको निर्णय सदर

न्यायाधीश चुडालले उनीमाथि मुद्दा नचल्ने निर्णयको सदर ग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका पूर्व कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा चलाउने निर्णय सरकारी वकिलको कार्यालयको निर्णय सदर गरेको छ ।

आइतबार सर्वोच्चका न्यायाधिश कुमार चुडालको इजलासले यसअघि अधिकारीमाथि मुद्दा नचलाउने सरकारी वकिलको कार्यालयको निर्णय सदर गरेका हुन् ।

वरिष्ठ अधिवक्ता दिनेश अधिकारीले अधिकारीमाथि मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा निवेदन दिएका थिए । तर गत मंसिर १६ गते सर्वोच्च अदालतका रजिष्टार भद्रकाली पोखरेलले रिट दर्ता गर्न अस्वीकार गर्दै दरपीठ गरिदिएका थिए । रिट दरपीठविरुद्ध त्रिपाठीले दिएको निवेदनमाथि सुनुवाइ गर्दैै न्यायाधीश चुडालले उनीमाथि मुद्दा नचल्ने निर्णयको सदर गरेका थिए ।

कोशी प्रदेशको कानुनमन्त्री रहेकै बखतमा अधिकारी गत कार्तिक १३ गते जापानको टोकियो उडेका थिए । अधिकारीले फर्जी डकुमेन्ट बनाइ अन्य व्यक्तिहरुलाई समेत त्यहाँ पुर्याएका थिए ।

जापान पुगेका अधिकारीलाई विमानस्थलले इमिग्रेसनबाटै फिर्ता गरेपछि नेपाल आएका थिए । उनीमाथि मानव तस्करीको आरोप रहेको थियो । तर उनीमाथि मुद्दा नचलाउने सरकारी वकिलको कार्यालयको निर्णय सर्वोच्चले समेत सदर गरेपछि उनीमाथि मुद्दा नचल्ने भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अनेरास्ववियुको महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने निर्णय
२०८२ मंग्सिर १, सोमबार
पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड सजाय
२०८२ मंग्सिर १, सोमबार
लुम्बिनीका सभामुखद्धारा स्वकीय सचिवालय विघटन
२०८२ मंग्सिर १, सोमबार
सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाह
२०८२ मंग्सिर १, सोमबार
सुडानको मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसंघको चेतावनी
२०८२ मंग्सिर १, सोमबार
क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह
२०८२ मंग्सिर १, सोमबार
एक वर्षमा ४२ हजार ८५६ विद्युतीय सिफारिस जारी
२०८२ मंग्सिर १, सोमबार