असार २४, २०८२ मंगलबार July 8, 2025

कोरम नपुगेपछि शिक्षा समितिको बैठक स्थगित

विद्यालय शिक्षा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची सर्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । आइतबार बोलाइएको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित भएको छ ।

कोरम नपुगेका कारण बैठक स्थगित गरिएको समिति सभापति अम्वर बहादुर थापाले जानकारी दिए ।

बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको थियो । गणपुरक संख्या नपुगेका कारण स्थगित बैठक सोमबार पुन १ बजे बोलाइएको सभापति थापाले बताए ।

२४ सदस्य रहेको समितिको बैठक बस्न १३ जना हुनुपर्ने आवश्यक हुन्छ । बैठकमा सहभागी हुनका लागि शिक्षामन्त्री विद्या भट्टराई पनि समितिमा उपस्थित भएकी थिइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया