माघ ४, २०८१ शुक्रबार January 17, 2025

रविमाथि कुनै प्रकारको दुर्व्यवहार गरिएको छैन : चितवन प्रहरी

जिल्ला सरकारी वकिलको कार्यलयमा बयान सकिएपछि हिरासत कक्षमा समेत नलगि पोखरा लगिएको स्पष्टोक्ति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पोखरा लाने क्रममा दुर्व्यवहार नगरिएको चितवन प्रहरीले स्पष्ट पारेको छ।

आइतबार साँझ एक विज्ञप्ती निकाल्दै प्रहरीले रविलाई पोखरा लाने क्रममा दुर्व्यवहार गरिएको, स्वास्थ्य अवस्था ख्याल नगरिएको, प्रहरीले मादक पदार्थ सेवन गरेको भन्दै प्रचार गरिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ।

‘प्रहरीका कर्मचारीले राती सुतेको बेलामा हिरासत कक्षबाट उठाएको, दुव्र्यवहार गरेको, अस्वस्थताका बाबजुद लगिएको, प्रहरीका कर्मचारीले मादक पदार्थ सेवन गरेको भन्ने जस्ता भ्रामक, झुट्ठा र अनुमानमा आधारित कपोकल्पित भ्रमपूर्ण विचारहरु टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालमा सम्प्रेषण भएको सन्दर्भमा यस जिल्ला प्रहरी कार्यालय, चितवनको गम्भिर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तीमा भनिएको छ।’

जिल्ला सरकारी वकिलको कार्यलयमा बयान सकिएपछि हिरासत कक्षमा समेत नलगि पोखरा लगिएको विज्ञप्तीमा उल्लेख गरिएको छ।

‘बयान कार्य सकिएपश्चात् जिल्ला प्रहरी कार्यालय, चितवनको हिरासत कक्षमा पनि नलगी आफन्त भेटघाट कक्षमा लामिछानेले आफन्त तथा शुभचिन्तकहरूसँग भेटघाट गरी सकेपश्चात् त्यहीँबाटै सुरक्षा सतर्कता अपनाएर जिम्मेवार प्रहरी अधिकृत प्रहरी नायव उपरीक्षकको कमाण्डमा कास्की लगिएको थियो,’ विज्ञप्तिमा भनिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया