असार २४, २०८२ मंगलबार July 8, 2025

सिरियामा ‘रासायनिक हतियार’ आक्रमण भयाे : इजरायल

इजरायली सेनाले तटीय र दक्षिणी सिरियामा फैलिएको धेरै स्थानमा रातभर आक्रमण गरेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जेरुसेलम, मङ्सिर २४ गते । इजरायली विदेश मन्त्री गिडियोन सारले सोमबार आफ्नो देशले छिमेकी सिरियामा ‘रासायनिक हतियार’ आक्रमण गरेको बताउनु भएको छ । सिरियामा विद्रोही सेनाले सप्ताहन्तमा राष्ट्रपति बशर अल–असदलाई अपदस्थ गरेको थियो ।

“बाँकी रहेका रासायनिक हतियार वा लामो दूरीका मिसाइल र रकेटहरू चरम पन्थीहरूका हातमा नपरुन् भनेर हामीले हामीले रणनीतिक हतियार प्रणालीमा आक्रमण गर्यौँ”, इजरायलले विद्रोहीहरूको कार्यलाई निगरानी गरिरहेको भन्दै पत्रकार सम्मेलनमा सारले भन्नुभयो, “हामीले गरेका कदमहरू, हाम्रो एकमात्र सरोकार इजरायलको सुरक्षा र त्यहाँका नागरिकहरूको हो।”

इजरायली मिडियाले शुक्रबार सेनाले सिरियामा रासायनिक हतियारको भण्डारमा आक्रमण गरेको रिपोर्ट गरेको छ । बेलायतस्थित निगरानी समूह सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले सोमबार इजरायली सेनाले तटीय र दक्षिणी सिरियामा फैलिएको धेरै स्थानमा रातभर आक्रमण गरेको बताएको छ ।

“पूर्व शासनको पतनको घोषणा भएको प्रारम्भिक घन्टादेखि नै इजरायलले जानाजानी हतियार र गोला बारुद भण्डारहरू नष्ट गर्दै सघन हवाई आक्रमण गर्न थाल्यो”, अब्जर्भेटरीले भन्यो।

सोमबार एएफपीका तस्बिरहरूले दमास्कसको बाहिरी भागमा रहेको माजेह सैन्य विमानस्थलमा क्षति देखायो, जसमा नष्ट हेलिकप्टर र जेटहरू थिए । त्यहाँ इजरायली सेनाले नजिकैको हतियार भण्डारहरूमा आक्रमण गरेको थियो ।

सन् २०११ मा सिरियाको गृहयुद्ध सुरु भएदेखि इजरायलले मुख्यतया सेना र इरान समर्थित समूहहरूलाई लक्षित गर्दै देशमा सयौँ आक्रमण गरेको छ ।

इजरायलले सिरियामा व्यक्तिगत आक्रमणबारे विरलै टिप्पणी गर्छ तर बारम्बार इरानलाई देशमा आफ्नो उपस्थिति विस्तार गर्न नदिने बताएको छ ।

इजरायलले शनिबार सिरियाको सिमानामा रहेको गोलान हाइट्स क्षेत्रको असैन्यीकृत बफर जोनमा पनि सेना पठाएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलले ‘कुनै पनि शत्रु शक्तिलाई हाम्रो सीमामा आफूलाई स्थापित गर्न दिने छैन’ भन्नुभयो ।

मन्त्री सारले सोमबार बफरको अधिग्रहण ‘सुरक्षा कारणका लागि हामीले लिएको सीमित र अस्थायी कदम’ भएको बताउनुभयो । रासस,एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार