असार २८, २०८२ शनिबार July 12, 2025

प्रादेशिक अस्पतालमा सातै दिन शल्यक्रिया सेवा

छुट्टै शल्यक्रिया कक्ष सञ्चालनसँगै प्रसूति सेवा थप गुणस्तरीय र सहज हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बुटवल, मङ्सिर २४ गते । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अब हप्ताको सातै दिन प्रसूति शल्यक्रिया सेवा उपलब्ध हुने भएको छ । अस्पतालले प्रसूति सेवाका लागि छुट्टै अपरेशन कक्ष सञ्चालनमा ल्याएपछि सातै दिन प्रसूति सेवा शल्यक्रियाको सुविधा उपलब्ध गराउने भएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. इन्द्र ढकालले अस्पतालमा आठ शैयाको रिकभरी वार्ड तथा १५ शय्याको पोष्ट अपरेटिभ शय्यासहित नयाँ शल्यक्रिया कक्ष सञ्चालमा आएको बताउनुभयो ।

उहाँले अब हप्ताको सात दिन प्रसूति सेवातर्फ शल्यक्रिया सेवा उपलब्ध गराउने जानकारी दिनुभयो । सञ्चालनमा ल्याइएको नयाँ शल्यक्रिया कक्षमा एउटा शल्यक्रिया कक्ष तथा दुईवटा ठूलो शल्यक्रिया कक्ष रहेको अस्पतालका मेसु ढकालले जानकारी दिनुभयो ।

मेसु ढकालले छुट्टै शल्यक्रिया कक्ष सञ्चालनसँगै प्रसूति सेवा थप गुणस्तरीय र सहज हुने बताउनुभयो । अस्पतालबाट विगत तीन वर्षदेखि वार्षिक ९ हजार बढी बिरामीले शल्यक्रिया सेवा लिँदै आएका छन् । अब प्रसूतिका लागि छुट्टै शल्यक्रिया कक्षा बनेपछि ३३ प्रतिशतले शल्यक्रियाको सेवा वृद्धि हुने अस्पतालले जनाएको छ ।

मेसु ढकालले अस्पतालमा पर्याप्त भौतिक संरचनाको अभाव, उपकरण तथा जनशक्ति नहुँदा तत्काल शल्यक्रिया गर्नुपर्ने बिरामी बाहेक अरु बिरामीलाई महिनौंपछि आउनेगरी पालो लगाउनुपर्ने बाध्यता अब कम गर्नेतर्फ अस्पताल लागेको पदाधिकारीहरुको भनाइ छ ।

अस्पतालको तथ्याङ्कअनुसार पछिल्लो आर्थिक वर्ष २०८०–८१ मा ९ हजार ७ सय ६५ शल्यक्रियामध्ये चार हजार ५४७ वटा शल्यक्रिया प्रसूति सेवातर्फको छ ।

अस्पतालमा प्रसूति सेवाका लागि पछिल्लो आर्थिक वर्षमा १२ हजार ९८ जनाले सेवा लिएकामध्ये सात हजार ५ सय ४८ जनाले सामान्य रुपमा बच्चा जन्माएका छन् । अस्पतालमा सेवाग्राहीको चाप बढेसँगै सेवा विस्तारलाई पनि प्राथमिकता दिइएको अस्पतालका प्रशासकीय प्रमुख राजन केसीले बताउनुभयो ।

पछिल्लो आर्थिक वर्षमा लुम्बिनी प्रादेशिक अस्पतालबाट तीन लाख ४८ हजार ९ सय ७१ जनाले स्वास्थ्य उपचार सेवा लिएको अस्पतालले जनाएको छ । अस्पतालमा प्रसूतितर्फको शल्यक्रिया कक्ष बिस्तार गरेसँगै अब महिनौं पालो कुर्नुपर्ने समस्या धेरै समाधान हुने अस्पतालको दाबी छ ।

अस्पतालका अनुसार शल्यक्रिया कक्ष बिस्तारसँगै विगतमा सातामा दुई दिन हुने हाडजोर्नीसम्बन्धी शल्यक्रिया अब सातामा तीन दिन हुनेछ । सोहीअनुसार शल्यक्रियातर्फ नाक, कान, घाँटीसम्बन्धी शल्यक्रियाका लागि पनि सातामा तीन दिन पालो आउनेछ ।

अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले अस्पतालको स्वास्थ्य सेवालाई थप गुणस्तर र गुनासोरहित बनाउन अस्पताललाई थप प्रतिबद्ध बनाउने गरी काम भइरहेको बताउनुभयो । सेवाग्राहीको चाप अस्पतालमा बढी रहेको बताउँदै श्रेष्ठले सकेसम्म सीमित स्राेत साधनबाट भए पनि सेवालाई गुनासोरहित बनाउने प्रयासमा आफूहरु रहेको बताउनुभयो । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार