असार २१, २०८२ शनिबार July 5, 2025

तीन वटा विधेयक पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डाैंः प्रदेश नं १ को प्रदेशसभाको आज बसेको बैठकमा तीन वटा बेग्लाबेग्लै विधेयक सर्वसम्मतिले पारित भएको छ ।

पारित भएको विधेयकमा ‘बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ प्रदेशसभा नियमावली २०७४ को नियम १०८ बमोजिम सामाजिक विकासमन्त्री जीवन घिमिरेले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सदनमा पेश गर्नुभएको थियो ।

‘प्रदेश औद्योगिक व्यवसायका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७’ र ‘प्रदेश सार्वजनिक सडकका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७’ प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ सम्बन्धित उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियत र भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सदनमा पेश गर्नुभएको थियो ।

शून्य समयमा प्रदेशसभा सदस्य खिनु लाम्वा लिम्बूले ब्रिटिश र भारतबाट अवकाश प्रकाश गोर्खा सैनिकको नेपाल सरकारले असार १७ गतेको निर्णयअनुसार सामाजिक सुरक्षाभत्ता काटेकाले सङ्घीय सरकारले सो निर्णय सच्याउन सभामुख प्रदीपकुमार भण्डारीमार्फत अपिल गर्नुभयो । सदस्य जयराम यादवले कृषिप्रधान भनिएको हाम्रो देशमा अहिले रासायनिक मलको अभाव भई किसान मर्माहत बनिरहेकाले यसतर्फ प्रदेश सरकारको ध्यान जानुपर्ने माग गर्नुभयो । सदस्य सञ्जाकुमारी दनुवारले प्रत्यक्षरुपमा बिरामीको सेवा गर्ने नर्सको तलब कोरोनाका समयमा काटिएकाले उहाँहरुले पाउने पारिश्रमिक दिन प्रदेश सरकारसँग माग गर्नुभयो । प्रदेशसभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्नेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार