कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

रवि लामिछानेको पर्सामा आजबाट बयान सुरु

सानोपाइला सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको पर्सामा बयान सुरु भएको छ ।

सहकारीको रकम अपचलन आरोपमा अनुसन्धानका लागि सोमबार वीरगञ्ज ल्याइएका लामिछनेसँग पर्सा प्रहरीले बयान लिन शुरू गरेको हो । हाल जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका लामिछानेको बयान सकिए लगत्तै कास्की फिर्ता पठाइने प्रहरीले जनाएको छ ।

जीबी राई सञ्चालक रहेको सानोपाइला बचत सहकारीको झन्डै एक अर्ब ३५ करोड रुपैयाँ हिनामिना विरुद्ध उजुरी परेपछि पर्सा जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको थियो ।

लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्व डीआईजी छविलाल जोशीमाथि पनि वीरगञ्जको सानोपाइला सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया