असार २६, २०८२ बिहिबार July 10, 2025

आदर्श कप फुटबल प्रतियोगितामा कास्की फुटबल संघ फाइनलमा प्रवेश

विधागततर्फ सर्वोत्कृष्ट हुने खेलाडीलाई नगद रु २५ हजार, ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । लेखनाथमा जारी आदर्श कप फुटबल प्रतियोगितामा कास्की फुटबल सङ आयोजक आदर्श युवा क्लबलाई ४–३ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको छ । खेलको निर्धारित समयमा दुवै पक्षबाट गोल हुन नसकेपछी अतिरिक्त ३० मिनेट थपिएको थियो ।

सो अतिरिक्त समयमा समेत दुवै पक्षबाट गोल नभएपछि खेल पेनाल्टीमा धकेलिएको थियो । पेनाल्टी सुट आउटमा कास्कीले आयोजक क्लबलाई ४–३ ले पराजित गरेको हो । कास्कीलाई जिताउन हेमन्त तामाङ, संगम ठकुरी, आशिष गुरुङ र युनिक तामाङले गोल गरे । भने कास्कीका खेलाडी सरोज तितुङको बल गोलमा परिणत हुन सकेन ।

यता आयोजक क्लबको तर्फबाट सुमित श्रेष्ठ, भीषण गुरुङ र राहुल गुरुङले गोल गरे । कास्कीविरुद्ध दिपक कार्की र दिपेश आले मगरले हानेको बल मिस भएको थियो । योसङै आयोजक क्लब प्रतियोगिताबाट बाहिरिएको छ ।

कास्कीका आयुषमान गुरुङ म्यान अफ द म्याच बन्दै नगद पाँच हजार र प्रमाणपत्र हात पारे । यसैबीच भोलिको सेमिफाइनल गोर्खा फुटबल क्लब र सशस्त्र प्रहरी गण्डकी बिच हुने क्लबका अध्यक्ष पदम गुरुङले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद रु ४ लाख २५ हजार ५सय २५ रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेतालाई नगद रु २ लाख २५ हजार ५ सय २५ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।

विधागततर्फ सर्वोत्कृष्ट हुने खेलाडीलाई नगद रु २५ हजार, ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै उत्कृष्ट प्लेमेकर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट कोचलाई जनही नगद रु १५ हजारसहित ट्रफि, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने आयोजक आर्दश युवा क्लबका अध्यक्ष गुरुङले जानकारी दिए ।

‘निरन्तरता हाम्रो प्रतिबद्धता, फुटबल खेलको विकास हाम्रो दृढता’ भन्ने मुल नाराका साथ आदर्श युवा क्लबले मङ्सिर २२ देखी २९ गतेसम्म गर्न लागेको प्रतियोगिताको मुख्य प्रायोजक शौर्य सिमेन्ट रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार