भाद्र १०, २०८३ बुधबार August 26, 2026

महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए

नेपालले लाओसलाई ९–० र श्रीङ्कालाई ८–० गोलले हराएको इतिहास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । एएफसी महिला एशियन कप छनोट सन् २०२६ को छनोट खेल्न उज्बेकिस्तान पुगेको नेपाली राष्ट्रिय टोली स्वदेश फर्किएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार टोली केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो ।

महिला टोलीलाई एन्फाका पदाधिकारीहरुले स्वागत गरेका छन् । अस्ति भएको फाइनल खेलमा घरेलु टोलीसँग पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित भएपछि नेपाली महिला टोलीको २६ वर्षपछि एशियन कपमा पुग्न लक्ष्य असफल भयो ।

नेपाली टीमकी कप्तान सावित्री भण्डारी साम्बाले एफसी क्वालिफायरमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दागर्दै चाहेको नतिजा निकाल्न नसकेको बताएकी छन् । यो नतिजाले आफूहरुलाई लामो समय पिरोल्ने उनको भनाइ छ ।

उनले आफ्नो करिअरमा योभन्दा ठूलो प्रतियोगिता अर्को नभएको उल्लेख गरिन् । आफूलाई कप्तानीको जिम्मेवारी दिइएकोप्रति उनले खुशी व्यक्त गरिन् ।

उज्बेकिस्तानले समूह चरणका सबै खेलमा विजयी हुँदै २२ वर्षपछि एशियन कपमा स्थान बनायो । नेपालले भने एशियन कपसँगै ओलम्पिक र विश्वकपको मौकासमेत गुमाएको छ । नेपालले लाओसलाई ९–० र श्रीङ्कालाई ८–० गोलले हराएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए
२०८३ भाद्र १०, बुधबार
प्रदेश मन्त्रीका मोहले ४ दलको केन्द्रमा हलचल
२०८३ भाद्र १०, बुधबार
अवैधानिक रुपमा निकासी गर्न लागिएको चार ट्रक उत्तिसको गोलिया काठ बरामद
२०८३ भाद्र १०, बुधबार
कोप-३१ : कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा
२०८३ भाद्र १०, बुधबार
गहना चोरी गर्ने बारा र पर्साका पाँच जना पक्राउ
२०८३ भाद्र १०, बुधबार
गाउँ फर्किएर दाजुभाइले सुरु गरेको कुखुरापालन…
२०८३ भाद्र १०, बुधबार
ओली हटाउने एजेन्डाबाट शंकर–विष्णु ब्याक, राजनीतिक सेफल्यान्डिङको खोजी
२०८३ भाद्र १०, बुधबार