काठमाडौं । काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा चौथो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिता पुस १ गतेदेखि हुने भएको छ। प्रतियोगितामा हालसम्म मोफसल ३ सहित १७ टिमको सहभागिता निश्चित भइसकेको चावहिल स्पोर्ट्स क्लबका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक राजेश श्रेष्ठले जनाएका छन्।
मोफसलबाट हेटौंडा, चितवन र बीबीसी, बनेपाले नाम दर्ता गराइसकेको आयोजकले जनाएको छ। टिम अन्तिम दर्ता मिंसिर २९ गतेसम्म राखिएको छ। विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर र फरवार्डलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ।
प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख ९० हजार रुपैयाँ खर्च हुने आयोजक वडा ७ का अध्यक्ष विमलकुमार होडाले जानकारी गराए । चावहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा हुने प्रतियोगिताका खेल चन्द्रविनायक पार्क, चावहिल मैदानमा हुनेछ। विगतका तीनै संस्करणको उपाधि फ्रिडम फाइटर, ढोलाहिटीले जितेको थियो । फाइनल पुस ६ गते हुनेछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया