असार २६, २०८२ बिहिबार July 10, 2025

आइटिएफ वर्ल्ड टेनिस टुर सर्किट २ : आरव सम्राट हाडा र शिवाली गुरुङ फाइनलमा प्रवेश

शिवालीले फाइनलमा मंगोलियाकी मार्टा चोग्सोमजाभ सँग भिड्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं। पोखरामा जारी जे३० पोखरा आइटिएफ वर्ल्ड टेनिस टुर सर्किट २ अन्तर्गत सिंगल्सतर्फ आरव सम्राट हाडा र शिवाली गुरुङले फाइनलमा प्रवेश गर्नु भएको छ ।

कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरामा जारी उक्त प्रतियोगिता अन्तर्गत ब्वाइज सिंगल्सतर्फ वरियतामा नं ३ समेत रहेका आरव सम्राट हाडाले अस्ट्रेलियाका उदाउँदा खेलाडी प्रतीक नवीनलाई ६–४, ६–४ को सोझो सेटमा पराजित गर्दै फाइनलमा यात्रा बनाउनु भएको हो ।

फाइनलमा उहाँले भारतीय खेलाडी आश्रब्य मेहरासँग भिड्नु हुने भएको छ । आश्रव्यले सेमिफाइनलमा चीनका सिउयुआन गुओलाई लाई ६–४, ६–४ ले सोझो सेटमै पन्छाउनु भएको हो । आश्रब्य सर्किट १ का उपविजेता हुनुहुन्छ । नेपाली खेलाडीहरूले होम ग्राउण्डमा विश्वस्तरीय खेल प्रदर्शन गर्दै जितको लयलाई कायम मात्रै गर्नू भएको छैन उपाधि होडमा समेत स्थान पक्का गर्नु भएको हो ।

यस्तै गल्स सिंगल्सतर्फ सेमिफाइनलमा नेपालकी शिवाली गुरुङले शानदार खेल प्रदर्शन गर्दै भारतकी अर्जन खोरकिवालालाई ६–२, ६–४ ले पराजित गरी फाइनलमा स्थान बनाउनु भयो ।  शिवालीले फाइनलमा मंगोलियाकी मार्टा चोग्सोमजाभ सँग भिड्नु हुने भएको छ । सेमिफाइनलको खेल चलिरहँदा भारतकी माहिका खन्ना रिटायर्ड हर्ट हुँदै मैदान छोड्नु परेको थियो । उहाँ मैदान छोड्नु अघि मार्टा पहिलो सेटमा ४–० ले अघि हुनुहुन्थ्यो ।

ब्वाइज डबल्स फाइनल 

शुक्रबार ब्वाइज तथा गल्स डबल्सतर्फका फाइनल खेलहरू सम्पन्न भएका छन् । जसमा ब्वाइजतर्फ भारतीय जोडी आदित्य मोर र अधिराज ठाकुरले आफ्नै देशका आरव चावला र ओजस मेहलावतलाई ७–५, ६–२ ले पराजित गर्नु भयो ।

यस्तै गल्स डबल्समा मार्टा चोग्सोमजाभ (मङ्गोलिया) र यिजिया झाओ (चीन) को जोडीले भारतीय जोडी दिशा बेहरा र अर्जन खोरकिवालालाई ६–२, ६–४ ले पराजित गर्दै उपाधि हात पार्नु भयो । भोलि (शनिबार) सिंगल्सतर्फका फाइनल खेलहरू बिहान साढे ९ः०० बजे सुरु हुने छन् । भोली हुने समापन कार्यक्रममा विजेता खेलाडीहरूलाई मेडल वितरण गरिने भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार