काठमाडौँ, २८ मङ्सिर । जनता समाजवादी पार्टी, (जसपा) नेपालका तीन वटा नगरसमिति पुनर्गठन गरिएका छन् ।
ललितपुर महानगरपालिका, महोत्तरीको बर्दिबास नगरपालिका र नुवाकोटको बेलकोटगढी नगरपालिकाका नगरसमिति पुनर्गठन गरिएको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “सुरेश डङ्गोलको अध्यक्षतामा १५ सदस्यीय ललितपुर महानगर समिति, गोविन्द यादवको अध्यक्षतामा १३ सदस्यीय बर्दिबास नगरसमिति तथा स्वस्तिका राईको अध्यक्षतामा ११ सदस्यीय बेलकोटगढी नगरसमिति गठन भएको छ ।”
त्यसैगरी जसपा नेपालले पार्टीका केन्द्रीय नेतालाई सङ्गठन निर्माण अभियानमा खटाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया