इलाम । डिफेन्डिङ च्याम्पियन न्युरोड टीम एनआरटीले दोस्रो इलाम गोल्डकपको उपाधि उचालेको छ ।
शनिबार इलामको ठुलो टुँडिखेलमा सम्पन्न फाइनल खेलमा चर्च व्वाइजलाई ३–० ले पराजित गर्दै नगद १० लाखसहित ट्रफी प्राप्त गरेको छ ।
एनआरटीको जीतमा विदेशी खेलाडी नेमारले खेलको २४ औँ मिनेटमा गोल गर्दै अग्रता दिएका थिए । एनआरटीका अन्जान विष्टले ५२औँ मिनेटमा पेनाल्टीमार्फत र ६४औँ मिनेटमा हेडमार्फत गोल गर्दै जित निश्चित गरे ।
उपविजेता चर्च व्वाइजले नगद ५ लाखमा चित्त बुझाएको छ । खेलको ‘म्यान अफ द म्याच’ एनआरटीका शिशिर लेखी बने । उनले नगद ८ हजार एक सय प्राप्त बने । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी अन्जान बिष्ट बने उनले नगद ३५ हजार प्राप्त गरे ।
विधागततर्फ बेस्ट किपर एनआरटीका विशाल सुनुवार , बेस्ट डिफेन्डर एनआरटीका आशिस गुरुङ, बेस्ट मिडफिल्डर चर्च ब्वाइजका रोहन कार्की, उदयमान खेलाडी रेडहर्षका अर्जुन गुरुङ, सर्वाधिक गोल कर्ता अन्जान बिष्ट र उत्कृष्ट प्रशिक्षक एनआरटीका जीवन सिकपाल बने । विधागत तर्फ नगद ११ हजार ५ सय नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा ८ टीमको सहभागिता रहेकाे थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया