मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

इलाम गोल्डकपः दोस्रो इलाम गोल्डकपको उपाधि एनआरटीको पोल्टामा

चर्च व्वाइजलाई ३–० ले  पराजित गर्दै एनआरटी बिजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

इलाम  । डिफेन्डिङ च्याम्पियन न्युरोड टीम एनआरटीले दोस्रो इलाम गोल्डकपको उपाधि उचालेको छ ।

शनिबार इलामको ठुलो टुँडिखेलमा सम्पन्न फाइनल खेलमा चर्च व्वाइजलाई ३–० ले  पराजित गर्दै नगद १० लाखसहित ट्रफी प्राप्त गरेको छ ।

एनआरटीको जीतमा विदेशी खेलाडी नेमारले खेलको २४ औँ मिनेटमा गोल गर्दै अग्रता दिएका थिए । एनआरटीका अन्जान विष्टले ५२औँ मिनेटमा पेनाल्टीमार्फत र ६४औँ मिनेटमा हेडमार्फत गोल गर्दै जित निश्चित गरे ।

उपविजेता चर्च व्वाइजले नगद ५ लाखमा चित्त बुझाएको छ । खेलको ‘म्यान अफ द म्याच’ एनआरटीका  शिशिर लेखी बने । उनले नगद ८ हजार एक सय प्राप्त बने । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी अन्जान बिष्ट बने उनले नगद ३५ हजार प्राप्त गरे ।

विधागततर्फ बेस्ट किपर एनआरटीका विशाल सुनुवार , बेस्ट डिफेन्डर एनआरटीका आशिस गुरुङ, बेस्ट मिडफिल्डर चर्च ब्वाइजका रोहन कार्की, उदयमान खेलाडी रेडहर्षका अर्जुन गुरुङ, सर्वाधिक गोल कर्ता अन्जान बिष्ट र उत्कृष्ट प्रशिक्षक एनआरटीका जीवन सिकपाल बने । विधागत तर्फ नगद ११ हजार  ५ सय नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगितामा ८ टीमको सहभागिता रहेकाे थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा १२ हजारभन्दा बढी सस्तियो
२०८३ मंग्सिर ४, शुक्रबार
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ मंग्सिर ४, शुक्रबार
कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप
२०८३ मंग्सिर ४, शुक्रबार
उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दो, एकैदिन ७२३ चालक कारबाहीमा
२०८३ मंग्सिर ४, शुक्रबार
मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब
२०८३ मंग्सिर ४, शुक्रबार
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार