खोटाङ । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले जिल्ला अस्पताल खोटाङलाई महत्वपूर्ण स्वास्थ्य सामाग्री र औषधी उपलब्ध गराएको छ । शनिबार जिल्ला आईपुग्नु भएका कोशी प्रदेशका स्वास्थ्य मन्त्री भुपेन्द्र राईले ६ लाख ७९ हजार १३ रुपैयाँ मूल्य बराबरको विभिन्न स्वास्थ्य सामाग्री र अस्पतालका लागि आवश्यक औषधी हस्तान्तरण गरेका हुन् ।
अस्पताल प्राङ्गणमा आयोजित कार्यक्रममा भौतिक पुर्वाधार विकास मन्त्री समेत रहनुभएका मन्त्री राईले जिल्ला अस्पतालका निमित्त प्रमुख मेडिकल अधिकृत पुस्कल राईलाई ३८ प्रकारका आवश्यक स्वास्थ्य सामाग्री तथा औषधिहरू हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्नुहुदै मन्त्री राईले जिल्ला अस्पताल खोटाङको सेवा प्रवाहलाई थप सुदृढ बनाउन कोशी प्रदेश सरकार र मन्त्रालय प्रतिबद्ध रहेको बताए ।
मन्त्री राईले आगामी दिनहरूमा अस्पताललाई आवश्यक पर्ने थप औषधि, उपकरण तथा स्वास्थ्य सामग्रीहरू निरन्तर रूपमा उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया