मंग्सिर १, २०८२ सोमबार November 17, 2025

लभ परे पछि किन साइको हुन्छ मान्छे ? कारण जान्नुहोस्

प्रेमकै कारण मानिसको रातको निद्रा र दिनको चेन हराउने गर्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तपाईं प्रेममा पर्नुभएको छ ? कसैलाई औधी मनपराउनुहुन्छ ? यदि त्यसो हो भने, तपाईंले अनुभूत गरेकै हुनुपर्छ कि प्रेममा परेपछि मनमा बेग्लै उथलपुथल आउँछ । जब तपाईं आफ्ना प्रेमी/प्रेमिकाको नजिकमा पुग्नुहुन्छ, तपाईंको धड्कन बढ्न थाल्छ । तपाईर्को अनुहारको भाव बद्लिन्छ । प्रेम एक भावनात्मक कुरा हो । तर, यसको प्रभाव शरीरमा देखिन्छ ।

प्रेम भाव र शरीरको भाषा : प्रेम गरिदैन, यो आफै हुन्छ । अर्थात प्रेम एक भावनात्मक रुपमा प्रकट हुने कुरा हो, जो स्वतस्र्फूत हुन्छ । प्रेम भावनाको कुरा हो । मनको कुरा हो । तर, मनभित्र प्रेम अंकुराएको कुरा शरीरले व्यक्त गर्छ । भनिन्छ, मनमा प्रकट हुने प्रेम-भाव शरीरले दर्शाउँछ । अतः शरीरमा देखिने यस्ता संकेतलाई लुकाउन सकिदैन । त्यही कारण दोस्रो व्यक्तिले सहजै अनुमान गर्न सक्छ कि, तपाईंको मनभित्र उथलपुथल हुँदैछ । अमेरिकाको चर्चित एन्थ्रोपोलोजिस्ट तथा ह्यूमन विहेवियर रिर्सचर हेलेन फिशरले रुटगर्स विश्वविद्यालयसँग मिलेर यस विषयमा अनुसन्धान गरेकी थिइन् । उनलाई विश्वास गर्ने हो भने माया, प्रेममा न्यूरोलोजिक स्थिती उत्पन्न हुन्छ र यसको तीन चरण हुन्छ । र, प्रेमको प्रत्येक चरणको लागि अलग अलग किसिकामा हर्मोन्स तथा केमिकल्स उत्तरदायी हुन्छन् ।

प्रेममा संसारै रमाइलो : प्रेमको सबैभन्दा धेरै असर दिमागमा पर्छ । प्रेममा रहेका व्यक्तिलाई पूरा संसारै राम्रो लाग्छ । उनीहरु जहिले पनि सकारात्मक सोच्ने गर्छन् । एक शोधले जनाए अनुसार प्रेमकै कारण प्रेमको भाव अलग अलग क्षेत्र प्रभावित हुन्छ । यो एक सकारात्मक भावना हो, जसले मस्तिष्कलाई उर्जावान् बनाइदिन्छ । प्रेम भएमा मुटु अरुको अधिनमा रहन्छ र प्रेममा पर्ने व्यक्तिको मुटुको धड्कन पनि अस्वभाविक रुपमा बढ्ने गर्छ । प्रेमको मार्गमा अघि बढ्ने क्रममा व्यक्तिको तनावको स्तर पनि सकृय रहन्छ । यसकै कारण रगतमा एड्रनेलिन तथा कोर्टिसोल हर्मोनको स्तर बढ्ने गर्छ । यो स्थितिमा व्यक्तिमा अलग किसिमको बेचैनी बढ्न थाल्छ । मानिसको मुटुको धडकन बढ्न थाल्छ ।

प्रेमः एक बेचैनी पनि : प्रेममा पर्ने व्यक्तिहरुको रातको निद्रा पनि गायब हुन थाल्छ । लाख कोशिशका बाबजुद उनीहरुलाई पटक्कै निद्रा लाग्दैन । र, अनिद्राको समस्या निम्तिन्छ । उनीहरु रातभर आˆनो प्रेमी वा प्रेमिकाको बारेमा सम्झेरै रात गुजारिदिन्छन् । अनुसन्धानहरुलाई हेर्ने भने डापामाइनको कारण अनिद्राको समस्या हुन्छ । यसकै कारण मानिस आˆनो सम्बन्धको बारेमा सोचेरै मात्र पनि खुशी हुन्छ । प्रेममा तनाव हुनु पनि स्वभाविक हो । किनकी प्रेमकै कारण मानिसको रातको निद्रा र दिनको चेन हराउने गर्छ । तर शोधहरुलाई आधार मान्ने हो भने रगतमा एड्रेनलिन तथा कोर्टिसोल हर्मोनको स्तर बढ्नाले तनावको समस्या उत्पन्न हुने गर्छ । यो अवस्थामा व्यक्तिलाई बेग्लै किसिमको बेचैनी हुन्छ । जसका कारण मानिस दिनरात तनावमा रहने गर्छ ।

प्रेममा एकोहोरिन्छ मन : जब मानिस प्रेममा रहन्छ, तब उसले न केही देख्छ , न त कुनै कुरा सुन्न नै सक्छ । बरु ऊ दिनरात आफ्नो पार्टनरको बारेमा मात्र सोच्छ । र, अरु सबै कुरा बिर्सन्छ । जबकी शोधलाई आधार मान्ने हो भने यो समयमा दिमागमा डोपामाइन न्यूरोट्रान्समिटरको स्तर बढ्दछ , जसले गर्दा मान्छेलाई विर्सने रोग लाग्छ । प्रेमले मान्छेलाई ईष्यालु बनाइदिन्छ । त्यसैले त, तपाईको पार्टनरले अरुसित कुरा गर्दा तपाईं सहन गर्न सक्नुहुन्न र मनमा ईष्याको भावना पैदा हुन्छ । हालैमा फ्लोरिडामा भएको एक शोधले जनाए अनुसार प्रेमकै कारण मानिस प्रोएक्टिभ हुन्छ, जसले गर्दा आˆनो पार्टनरलाई अरुका साथ देख्दामात्र पनि उसले आफूलाई नियन्त्रण गर्न सक्दैन ।

प्रेममा सबै राम्रो : प्रेमको पीडा पनि मिठो मिठो लाग्ने गर्छ । उसलाई पूरै संसार नै मिठो र मायालु पाराको लाग्ने गर्छ । अमेरिकन फिजियोलोजिकल एसोशिएनद्वारा गरिएको एक शोधले जनाए अनुसार प्रेममा रहेका व्यक्तिलाई खराब स्वादको खानेकुरा दिएमा पनि मिठै लाग्ने गर्छ । प्रेममा रहेका व्यक्तिको हड्डी पनि मजबुत रहन्छ । अमेरिकामा भएको एक शोधले जनाए अनुसार प्रेममा रहने व्यक्तिलाई हेरचाह गर्ने मानिस साथमै रहेको हुन्छ जसले गर्दा खानपान राम्रो भएर हड्डी मजबुत हुने गर्छ । प्रेममा परेका व्यक्तिको इच्छाशक्ति पनि बेजोडको हुन्छ ।

त्यसैले, त प्रेमिल जोडी संसारसित लड्न समेत तयार हुन्छ । इभोल्यूशन साइकोलोजीमा प्रकाशित एक शोधका अनुसार प्रेम भएमा मानिस आफ्नो प्रेमलाई हासिल गर्न जस्तोसुकै मूल्य चुकाउन पनि तयार हुन्छ । यो समयमा मानिसको मन काममा भन्दा आफ्नो पार्टनरतर्फ धेरै लाग्ने गर्छ । जसले गर्दा जिन्दगीको अन्य सामान्य काम प्रभावित हुन थाल्छ । मोटिभेसन एण्ड इमोशन नामक पत्रिकामा छापिएको एक लेखका अनुसार प्रेमले मानिसलाई विचलित बनाई कामलाई प्रभावित पार्दछ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लुम्बिनीका सभामुखद्धारा स्वकीय सचिवालय विघटन
२०८२ मंग्सिर १, सोमबार
सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाह
२०८२ मंग्सिर १, सोमबार
सुडानको मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसंघको चेतावनी
२०८२ मंग्सिर १, सोमबार
क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह
२०८२ मंग्सिर १, सोमबार
एक वर्षमा ४२ हजार ८५६ विद्युतीय सिफारिस जारी
२०८२ मंग्सिर १, सोमबार
पाठेघरको मुखको क्यान्सरः स्क्रिनिङ र खोप विस्तार जरुरी
२०८२ मंग्सिर १, सोमबार
प्यालेस्टिनी राज्यको विषयमा नेतान्याहु अडिग, संयुक्त राष्ट्रसङ्घको मतदानअघि तनाव वृद्धि
२०८२ मंग्सिर १, सोमबार