असार २४, २०८२ मंगलबार July 8, 2025

ग्रिसमा आप्रावासी चढेको डुंङ्गा पल्टिदा दर्जनौं बेपत्ता

इटालियन फ्रिगेट र हेलिकप्टरहरू सम्भावित क्षेत्रमा खोजी कार्य जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रोम। ग्रीसको गाभडोसमा दुईवटा डुङ्गा डुब्दा एक जनाको मृत्यु भएको छ भने दर्जनौं बेपत्ता भएका छन् । भू-मध्यसागरको दक्षिणी टापु गाभडोसमा डुङ्गा पल्टिए पछि १ जनाको शव फेला पारेको र ३९ आप्रवासीलाई समुद्रबाट उद्धार गरेको ग्रिसका तटरक्षकले बताएका छन् । अझै धेरै बेपत्ता भएका छन्।

ग्रिसको कोस्टगार्डले शनिबार जहाज र विमानको सहयोगमा खोजी अभियान सुरु गरेको छ तर अझैसम्म तिनिहरू फेला परिसकेका छैनन् । इटालियन फ्रिगेट र हेलिकप्टरहरू सम्भावित क्षेत्रमा खोजी कार्य जारी राखिरहेका छन । उनीहरूको खोजीका लागि थप जहाजहरू सो क्षेत्रमा पठाइएको छ ।

शनिबार छुट्टाछुट्टै घटनाहरूमा माल्टाको झण्डा बोकेको कार्गो जहाजले गाभडोसबाट७४ किलोमिटर ४७ आप्रवासीहरूलाई उद्धार गर्‍यो, जबकि एउटा ट्याङ्करले टापुबाट ५२ किलोमिटर टाढा अन्य ८८ जनालाई उद्धार गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रारम्भिक जानकारीका अनुसार कोस्टगार्ड अधिकारीहरूले लिबियाबाट ती डुङ्गाहरू युरोप आउन लागेको प्रारम्भिक जानकारी प्राप्त गरेका छन् ।

सन २०१५–१६ देखी मध्य पूर्व, अफ्रिका र एशियाबाट लगभग १ मिलियन आप्रवासीहरू ग्रिसमा आइपुगेका छन, जसमध्ये अधिकांशले इन्फ्लेटेबल डिङ्गीहरूमा समुद्र पार गर्ने खतरनाक मार्ग अपनाएका थिए । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार