असार २७, २०८२ शुक्रबार July 11, 2025

एकाबिहानै खाली पेटमा खान नहुने ६ खानेकुरा

बिहान खाली पेटमा खाने केही खानेकुराले आन्द्रामा गम्भीर नोक्सान पुर्याउँछ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सामान्यतयाः बिहान खाली पेटमा चियासँग दिनको सुरुवात गर्ने प्रचलन छ । बिहान चियासँगै बिस्कुट वा पाउरोटी जस्ता खानेकुरा पनि खाने गरिन्छ ।

चियापछि विभिन्न खानेकुरा खाने गरिन्छ । जसमा प्रायः पुवा, समोसा, अमलेट, फलफूल आदि पर्छन् । बिहान खाली पेटमा खाइने कतिपय खानेकुराहरुलाई ध्यान दिन आवश्यक हुन्छ । जसले दिनभरी उर्जा दिनुका साथै शरीरमा आउने विभिन्न समस्याबाट पनि बचाउँछ ।

विशेषज्ञका अनुसार खाली पेटमा केही पदार्थहरु खान हुँदैन । बिहान खाली पेटमा खाने केही खानेकुराले आन्द्रामा गम्भीर नोक्सान पुर्याउँछ ।

लामो समय सुतिसकेपछि मात्रै पाचन तन्त्रले काम गर्न सुरु गर्छ । यसका लागि खाना सुतेर उठेको २ घण्टापछि मात्रै खाने गर्नुपर्छ । तर, खाली पेटमा कुन खानेकुरा खाँदा शरीरलाई बेफाइदा पुग्छ ?

image
मसलायुक्त खानेकुरा

खाली पेटमा मसला र पिरो खानेकुरा खाँदा पेटमा जलन पैदा हुन्छ । खाली पेटमा खाइने यस्ता खानेकुराले एसिडिक रियाक्शन गर्ने र पेटमा ऐठन पैदा गरेर समस्या निम्त्याउँछ । मसलाको प्रकृति अनुसार पाचन प्रक्रियामा समस्या आउँछ । त्यसैले बिहानको समयमा चर्को र मसालेदार खानेकुरा खानबाट बच्नुपर्छ । बिहानको नास्तामा यस्ता खानेकुरा खानबाट बचौँ ।

जुस
बिहान खाली पेटमा जुस पिउनु पनि फाइदाजनक हुँदैन । यसले पेटमा अनावश्यक भार दिने भएकाले शरीरलाई फाइदा गर्दैन । खाली पेटमा फलमा हुने फ्रक्टोजको रुपमा हुने चिनीले कलेजोमा अत्यधिक दबाव दिने भएकाले खाली पेटमा जुसको सेवन गर्न हुँदैन ।

दही
दहीमा ल्याक्टिक एसिड हुन्छ । यसले पेटमा अम्लियपना बढाउँछ । पेटमा अम्लताको स्तर बिगार्छ । खाली पेटमा दुधबाट उत्पादन हुने खानेकुराहरुले पेटमा हुने राम्रो ब्याक्टेरियालाई मार्छ । जसले एसिडिटी बढाउँछ । त्यसले बिहान खाली पेटमा यसको सेवन गर्न हुँदैन ।

नासपाती
नासपातीमा पाइने काँचो फाइबरले पेटमा हुने पातलो झिल्लीमा असर पार्छ । यसलाई खाली पेटमा सेवन गर्दा पेटमा दुखाई बढ्न सक्छ । त्यसैले बिहान खाली पेटमा यसको सेवन गर्न हुँदैन ।

अमिलो फलफूल
फलफूल स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तर, कुनै कुनै फलफूल बिहानको समयमा खान हुँदैन । केही फलफूलहरुको स्वाद अमिलो हुन्छ । ति फलफूलको सेवनले पेटमा एसिड उत्पादन गर्छ । साथै, यस्ता फलफूलमा अधिक मात्रामा फाइबर र फ्रक्टोज पनि हुन्छ । जसले खाली पेटमा पाचन तन्त्रलाई कमजोर बनाउँछ ।

काँचो तरकारी
बिहान खाली पेटमा काँचो तरकारीको सेवन गर्न हुँदैन । किनकी विशेषज्ञहरुले यस्तो खानेकुराको सेवन गर्ने सल्लाह दिँदैनन् । काँचो तरकारीमा फाइबरको मात्रा भरपुर हुन्छ । यसले खाली पेटमा अतिरिक्त भार पार्ने भएकाले यसको सेवन गर्न हुँदैन ।

कफी
एक कप कफीको सेवन गर्न उपयुक्त नै हुन्छ । तर, कहिलेकाँही खाली पेटमा भने कफीको सेवन गर्न हुँदैन । खाली पेटमा पाचन तन्त्रलाई समस्या पार्छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
२०८२ असार २७, शुक्रबार
इजरायली सेना गाजामा रहेसम्म युद्धविराम असम्भव : हमास
२०८२ असार २७, शुक्रबार
पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान’
२०८२ असार २६, बिहिबार
डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान
२०८२ असार २६, बिहिबार
प्राकृतिक प्रकोप न्युनिकरणमा चीनसँग सहकार्य अपरिहार्य : उर्जा मन्त्री खडका
२०८२ असार २६, बिहिबार
आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा
२०८२ असार २६, बिहिबार
सुर्यबिनायकमा ५० हजार दर्शक क्षमताको स्टेडियम बनाउने प्रधानमन्त्रीको घोषणा
२०८२ असार २६, बिहिबार