असार २७, २०८२ शुक्रबार July 11, 2025

यौन क्षमता बढाउन अनार उपयोगी

दैनिक अनारको जुस सेवन गर्नेहरुमा यौन जीवन सन्तुष्ट रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : नेपालमा अनारलाई बिरामी भेट्न जादाँ लगिने कोशेलीको रुपमा मानिन्छ । यसको कारण अनारमा पाइने बिभिन्न पोषक तत्व हुन् जसले प्राय रोगका बिरामीलाई लाभ गर्दछ ।

अनारको सेवन रोगमा मात्र उपयोगी छैन, यौन जीवन प्रभावकारी बनाउन पनि राम्रो मानिन्छ । दैनिक अनारको जुस सेवन गर्नेहरुमा यौन जीवन सन्तुष्ट रहने गर्दछ । भन्दा फरक नपर्ला अनारको जुसले भियाग्राको काम गर्दछ ।

एडिनबरास्थित क्विन मार्गारेट विश्वविद्यालयमा गरिएको अध्ययन अनुसार २१ वर्षदेखि ६४ वर्षसम्मका महिला र पुरुष गरी ५८ जनामा गरीएको अनुसन्धानमा अनारको जुस पिउनेहरुमा यौन क्षमता बढेको पाइएको थियो । अनारको जुस पिउँदा उनीहरुको टेस्टास्टेरोन हार्मोनको स्तरमा वृद्घि भएको पाइएको थियो ।

अनार खाने के फायदे और नुकसान, जानें सेहत पर कितना असरदार है अनारटेस्टास्टेरोन मुख्यतः पुरुष हार्मोन हो, जो युवकहरुमा यौन सम्बन्धी विकासकालागि जिम्मेवार हुन्छ । यो हार्मोन आंशिक रूपमा युवतीहरुमा समेत पाइन्छ । यसले उनीहरुको एड्रिनल ग्लान्ड र पाठेघरमा प्रभाव पार्ने गर्छ । साथै, उनीहरुको हाड र मांसपेशीलाई बलियो बनाउँछ ।

अनुसन्धान अनुसार, टेस्टास्टेरोन हर्मोन पुरुष र महिलामा यौनेच्छा जगाउन, तनावको स्तर घटाउन, राम्रो मुड बनाउन, स्मरण शक्ति बलियो पार्न र रोग प्रतिरोधी क्षमता बढाउन समेत सहयोगी हुन्छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया