असार २६, २०८२ बिहिबार July 10, 2025

नेपाल प्रिमियर लिग : विराटनगर किंग्समाथि काठमाडौं गुर्खाजको रोमाञ्चक जित

विराटनगरका लागि लोकेश बमले आठ, सुवास भण्डारीले छ, इस्मत आलमले पाँच र क्रिस सोलले एक रनको योगदान दिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौं गुर्खाजले विराटनगर किंग्समाथि रोमाञ्चक जित निकालेको छ ।

आइतबार भएको खेलमा विराटनगर किंग्समाथि काठमाडौं गुर्खाजले १ विकेटको रोमाञ्चक जित निकालेको हो ।

जितका लागि १ सय १८ रनको लक्ष्य पाएको काठमाडौं गुर्खाजले १८.१ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो ।

काठमाण्डौंको जितमा प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रनको योगदान दिए । शंकर रानाले नटआउट १६ रन जोडे । राशिद खानले १४ रन बनाउँदा गेर्हार्ड इरास्मसले १२ रन जोडे । माइकल लेविटले १० रनको योगदान दिए भने दिपेश कँडेलले नट आउट ११ रनको शानदार पारि खेले ।

स्टीफन एस्किनाजी, डेनियल डथवेट र भीम सार्कीले समान १–१ रन बनाए । शाहब आलम ३ रनमा आउट हुँदा कप्तान करण केसी शून्य रनमा पेभिलियन फर्किए ।

बलिङमा भने विराटनगरका कप्तान सन्दीप लामिछानेले सार्वाधिक ३ विकेट लिए । अनिल खरेल, बसिर अहमद र क्रिस सोलले समान २–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर एक सय १७ रन बनायो ।

विराटनगरका लागि राजेश पुलामीले सर्वाधिक २५ रन बनाए । उनले २१ बलमा एक छक्का र एक चौकाप्रहार गर्दै २५ रन बनाएका हुन् । दीपक बोहराले २०, स्कट एडवर्ड्सले १५, बसिर अहमदले १३ र निकोलस किर्टनले १२ रन जोडे ।

विराटनगरका लागि लोकेश बमले आठ, सुवास भण्डारीले छ, इस्मत आलमले पाँच र क्रिस सोलले एक रनको योगदान दिए । यो खेलमा विराटनगरले अतिरिक्त १२ रन प्राप्त गरेको छ ।

बलिङतर्फ काठमाडौँका लागि गेरहार्ड इरास्मसले सर्वाधिक तीन विकेट हात पारे । यस्तै, दिपेश कँडेलले दुई विकेट लिँदा कप्तान करण केसी, शाहब आलम र डेन डउथवेटले एक/एक विकेट लिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार