काठमाण्डौं, ०१ पौष । गणपूरक संख्या नपुगेपछि अर्थसमिति बैठक स्थगित भएको छ ।
प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा १२ जना सांसदको उपस्थितिमा हुनुपर्नेमा ८ जना मात्रै सांसद उपस्थिति भएका हुन् ।
गणपूरक संख्या नपुगि बैठक सञ्चालन गरेको भन्दै नेकपा माओवादी केन्द्रकी सांसद गंगा कार्कीले विरोध जनाए ।
उनले सत्तापक्षका सांसदहरु नै बैठकमा उपस्थिति नहुनु राम्रो नभएको र कोरम नपुगि बैठक बस्न नमिल्ने भन्दै विरोध जनाएसँगै समिति सभापति सन्तोष चालिसेले बैठक स्थगित गरे ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया