असार २६, २०८२ बिहिबार July 10, 2025

झापा कपः आर्मीलाई हराउँदै सहलेश युवा क्लब सेमिफाइनलमा

अनुशासन उल्लंघन गरेको भन्दै रेफ्री श्याम दनुवारले त्रिभुवन आर्मी क्लवका कप्तान भरत खवासलाई रातो कार्ड दिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

झापा,। बिर्तामोडस्थित डोमालाल रंगशालामा आज भएको क्वार्टरफाइनलमा सिराहाको सहलेश युवा क्लबसँग पराजित हुँदै त्रिभुवन आर्मी फुटबल क्लब प्रथम झापा कप प्रतियोगिताबाट बाहिरिएको छ।

सिराहाको सहलेश युवा क्लबसँग त्रिभुवन आर्मी क्लब २–० को गोल अन्तरले पराजित भएको हो । झापा–११ फुटबल क्लवद्वारा आयोजित उक्त प्रतियोगितामा सहलेश युवा क्लब यो विजयसँगै सेमिफाइनलमा पुगेको छ।

सहलेशको जितमा अभि लामा र आदित्य शाक्यले गोल गरेका थिए। खेलको १८औँ मिनेटमा अभि लामाले पहिलो गोल गर्दै सहलेशलाई १–० को स्थितिमा पु¥याएका थिए। सलहेशको लागि दोस्रो गोल आदित्य शाक्यले गरेका थिए। आर्मीका दुईजना डिफेन्डरले क्लियर गर्न नसकेको बललाई शाक्यले गोलकिपर कुथुलाई बिट गर्दै सुन्दर गोल गरेका थिए।

प्रतियोगितामा अनुशासन उल्लंघन गरेको भन्दै रेफ्री श्याम दनुवारले त्रिभुवन आर्मी क्लवका कप्तान भरत खवासलाई रातो कार्ड दिएका थिए। खेलको प्लेयर अफ द म्याच सहलेशका अभि लामा घोषित भएका थिए। उनले नगद रु १० हजार पुरस्कार पाए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया