असार २४, २०८२ मंगलबार July 8, 2025

आज तीन संसदीय समितिको बैठक बस्दै

अर्थ समितिको बैठक पुन आज बिहान ११: ०० बजे बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सङ्घीय संसद् अन्तर्गतका तीन वटा संसदीय समितिको बैठक बस्दै छ। सङ्घीय संसद् सचिवालयका अनुसार तीन वटै समितिको बैठक सिंहदरबारस्थित सचिवालय भवनमा बस्ने छ।

जस अनुसार हिजो कोरम नपुगेर बैठक बस्न नसकेको अर्थ समितिको बैठक पुन आज बिहान ११: ०० बजे बस्ने भएको छ। जुन बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल हुने सचिवालयले जनाएको छ।

विधायन व्यवस्थापन समितिको बैठक भने ११:३० बजे बोलाइएको छ। जहाँ तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा विज्ञसँग छलफल हुने जनाइएको छ भने  सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्‍जहरुसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरू सम्बन्धमा छलफल हुनेछ । जुन बैठक बिहान १२:३० बजेबाट सुरु हुने सचिवालयले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया