असार २६, २०८२ बिहिबार July 10, 2025

यू-१९ महिला एशिया कप : नेपाल र भारतबीचको खेल वर्षाले रद्द

१९ वर्षमुनिको महिला विश्वकप आउँदो वर्षको जनवरीमा मलेसियामा नै आयोजना हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । १९ वर्षमुनिको महिला एशिया कप कप क्रिकेटमा नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याइरहेको अवस्थामा भारतले ३ ओभर १ बलमा एक विकेट पनि नगुमाई २८ रन बनाएको अवस्थामा खेल वर्षाका कारण रद्द भएको हो । खेल रद्द भएसँगै नेपाल र भारतले १र१ अंक बाँडेका छन् । योसँगै भारत समूह ‘ए’ को विजेता बनेको छ भने नेपाल उपविजेता बनेको छ ।

यसअघि मलेसियाको क्वालालम्पुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनायो । नेपालकी कप्तान पूजा महतोले २५, एलिशाकुमारी यादवले नटआउट २० रन बनाइन् । भारतकी परुनिका सिसोदियाले ४ विकेट लिइन् ।

नेपालले समूह चरणको पहिलो खेलमा हिजो पाकिस्तानलाई हराउँदै ‘सुपर–४’ मा प्रवेश गरिसकेको छ । भारत पनि पाकिस्तानलाई हराउँदै ‘सुपर–४’ मा पुगिसकेको छ ।

विश्वकपमा छनोट भएको नेपाली टोली १९ वर्षमुनिको एशिया कपमा स्वतस् छनोट भएको हो । १९ वर्षमुनिको महिला विश्वकप आउँदो वर्षको जनवरीमा मलेसियामा नै आयोजना हुँदैछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया