काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को विजेताका लागि पुरस्कार घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै पुरस्कार घोषणा गरेको हो।
एनपीएल विजेताले एक करोड १० लाख पुरस्कार पाउने क्यानले जनाएको छ। दोस्रो हुनेले ५१ लाख, तेस्रो हुनेले २५ लाख र चौथो हुनेले १५ लाख पुरस्कार पाउने क्यानको भनाइ छ।
यसअघि नै प्लेअफमा चार टिम पुगिसकेका छन्। जसमा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स रहेका छन्। भोलि र पर्सी प्लेअफका खेल हुनेछन् भने शनिबार फाइनल खेल हुनेछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया