असार २४, २०८२ मंगलबार July 8, 2025

रुसले तालिबानलाई ‘आतङ्कवादी’ सूचीबाट हटाउने

रूसको माथिल्लो सदन फेडरेशन परिषद्ले विधेयकमाथि विचार गर्ने राष्ट्रपति पुटिनले कानून बनाउन हस्ताक्षर गर्नुहुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः रुसको संसद्ले मङ्गलबार एउटा विधेयकलाई अनुमोदन गरेको छ । उक्त विधेयकले मस्कोलाई तालिबानलाई प्रतिबन्धित ‘आतङ्कवादी’ सङ्गठनको सूचीबाट हटाउने बाटो खोल्न सक्छ ।

सन् २०२१ को अमेरिकाको वापसीपछि तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि मस्कोले तालिबानसँग सम्बन्ध कायम गर्न थालेको छ । त्यसबेलादेखि अधिकारीहरूले इस्लामवादी समूहलाई मस्कोको प्रतिबन्धित ‘आतङ्कवादी’ समूहहरूको सूचीबाट हटाउन दबाब दिइरहेका छन् ।

तल्लो सदन डुमाले सम्भावित भविष्यको निर्णयका लागि आवश्यक कानूनी ढाँचा राखेर समूहहरूलाई कानूनी रूपमा सूचीबाट हटाउनका लागि संयन्त्रको रूपरेखा प्रस्तुत गर्ने एउटा विधेयक पारित गरेको छ ।

रूसको माथिल्लो सदन फेडरेशन परिषद्ले शुक्रबार विधेयकमाथि विचार गर्नेछ । त्यसपछि राष्ट्रपति भ्लादिमिर पुटिनले कानून बनाउन हस्ताक्षर गर्नुहुनेछ ।

गत महिना काबुलको भ्रमणमा शीर्ष रूसी सुरक्षा अधिकारीहरूले आफ्ना अफगान समकक्षीहरूलाई मस्कोले चाँडै तालिबानलाई प्रतिबन्धित सङ्गठनहरूको सूचीबाट हटाउने बताएका थिए ।

प्रस्तावित प्रणालीअन्तर्गत रुसका महान्यायाधिवक्ताले रूसी अदालतमा एउटा समूहले ‘आतङ्कवादको समर्थनमा’ आफ्ना गतिविधिहरू ‘बन्द’ गरेको उल्लेख गर्दै अनुरोध दायर गर्नुहुनेछ । त्यसपछि न्यायाधीशले पदनाम हटाउनका लागि निर्णय गर्न सक्नेछन् ।

अपेक्षित कदमले तालिबान सरकार र त्यसले ‘अफगानिस्तानको इस्लामिक इमिरेट’ भनेर बोलाउने संस्थालाई औपचारिक मान्यता दिने होइन । यो कदम अहिलेसम्म कुनै मुलुकले चालेको छैन ।

पुटिनले यस वर्षको सुरुमा तालिबानलाई ‘आतङ्कवाद विरुद्धको लडाइँमा सहयोगी’ भन्नुभएको थियो भने विदेशमन्त्री सर्गेइ लाभरोभले पश्चिमलाई अफगानिस्तानमा लगाइएको प्रतिबन्ध हटाउन र देशको पुनर्निर्माण प्रयासको ‘जिम्मेवारी’ लिन आह्वान गर्नुभएको छ ।

मध्य एसियामा रुसका सहयोगीहरू एवं अफगानिस्तानका छिमेकीहरूले पनि तालिबानसँग राम्रो सम्बन्धको वाचा गरिरहेका छन् । काजाखस्तानले गत वर्षको अन्त्यमा तालिबानलाई आफ्नो निषेधित ‘आतङ्कवादी’ समूहको सूचीबाट हटाएको थियो ।

यो कदमले मस्को र अफगानिस्तानबीचको कूटनीतिलाई बढावा दिन सक्छ । दुवै देश पश्चिममा अलग–थलग भएका छन् ।

सन् २०२१ मा सत्ता कब्जा गरेपछि तालिबानले महिलाहरूलाई सार्वजनिक जीवनबाट प्रभावकारी रूपमा प्रतिबन्धित गर्ने इस्लामिक कानूनको चरम रूप लागू गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार