इलाम । लिग विजेता चर्च व्वाइजसँग स्तब्ध बन्दै गोर्खा व्वाइज रुपन्देही क्वाटर फाइनलबाट बाहिरिएको छ । डोमलाल रङ्ग शालामा भएको खेलमा तीन शून्य गोलले पाखा लगाउँदै लिग विजेता तथा इलाम गोल्ड कपको उपविजेता चर्च व्वाइज सेमिफाइनलमा प्रवेश गरेको हो ।
मध्यान्तर अघि नै तिन गोल गर्दे टिमलाई बलियो बनाएको चर्च व्वाइज सामु रुपन्देही स्तब्ध बन्न पुग्यो । खेलको २९ मिनेटमा दीपेश गुरुङले गोल गर्दे टिमलाई अग्रता दिलाए । ४० मिनेटमा समिर तामाङको कर्नर प्रहारलाई विदेशी खेलाडी आर्मन्डले गोल गर्दे अग्रता दोब्बर बनाएका थिए ।
मध्यान्तर अघिको इन्जुरी समयमा विदेशी खेलाडी डिकाले गोल गर्दे टिमलाई थप बलियो बनाउन पुगे । मध्यान्तर अघि नै तीन गोलले पछाडि रुपन्देहीले खेल फर्काउने समय पाए पनि सदुपयोग गर्न सकेन । दबाबमा रहेको रुपन्देहीले मध्यान्तर पछि खेल फर्काउने रणनीतिका साथ मैदान प्रवेश गरे पनि गोल गर्न सकेन ।
खेलको आठ मिनेटमा चर्च व्वाइजका कमल श्रेष्ठको प्रहार फितलो बन्न पुग्यो । १० मिनेटमा रोहन कार्कीको फितलो प्रहार निशान रानाले सहजै नियन्त्रणमा लिए । १४ मिनेटमा डी बक्सभित्रबाट समीरले प्रहार गर्न चुकेका थिए । २० मिनेटमा समीरकै प्रहार आकासिन पुग्यो । २४ मिनेटमा विदेशी खेलाडी आर्मन्डको प्रहार गोल पोस्ट माथिबाट बाहिरियो ।
२९ मिनेटमा गोल गर्दे अग्रता बनेको चर्च व्वाइजले ३१ मिनेटमा दोब्बर बनाउने अवसर सदुपयोग गर्न सकेन । ३७ मिनेटमा समीरको फितलो प्रहार बन्न पुग्यो । ६१ मिनेटमा आर्मन्डले डिबक्सबाट पाएको अवसर आकासियो । ७६ मिनेटमा रोहन कार्कीको प्रहार फ्रेममा परेन । ८४ मिनेटमा रोहनको क्रस पासलाई अर्मनले सदुपयोग गर्न सकेनन् ।
यता सुरु देखिनै दबाबमा रहेको गोर्खाज व्वाइज रुपन्देहीले सृजना गरेको अवसर सदुपयोग गर्न नसक्दा क्वाटर फाइनलबाटै बाहिरिन पुग्यो । खेलको १६ मिनेटमा सुजित जङ्ग बुडाथोकी निकै राम्रो अवसर सदुपयोग हुन सकेन । १९ मिनेटमा कर्नरबाट पाएको अवसर रुपन्देहीले गोल सकेन । २५ मिनेटमा सचिन जङ्ग रावलको प्रहार गोल पोस्टमा परेन । ३२ मिनेटमा पाएको निकै राम्रो अवसरबाट मनोज राई चुक्न पुगे । ४२ मिनेटमा एड फिलाको प्रहार फितलो बन्यो । ५९ मिनेटमा सरोज दर्लामी चुक्न पुग्दा गोल गर्ने अवसर खेर गयो ।
६० मिनेटमा रुपन्देहीको खाता खोल्ने अवसर सदुपयोग हुन सकेन । ६२ मिनेटमा डी बक्स नजिकैबाट फ्री किक मार्फत पाएको अवसर खराब बन्यो । ६९ मिनेटमा विदेशी खेलाडी रिचार्डको हेड राम्रो हुन नसके पछि रुपन्देहीको खेलमा फर्कने सम्भावना टुट्यो । ७८ मिनेटमा सरोज दर्लामीको प्रहार आकासिन पुग्यो ।
खेलको अन्तिम समयमा आक्रामक बनेको रुपन्देहीले गोल गर्न नसके पछि पहिलो क्वाटर फाइनलबाट घर फर्किएको छ । खेलको म्यान अफ द म्याच चर्च व्वाइजका डिका घोषित भए । बिहीबार न्युरोड फुटबल क्लब काठमाडौँ (एनआरटी) र चिलाङ एफ सी काठमाडौँ बिच हुने आयोजकले जनाएको छ ।
पुस ८ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका महासचिव गणेश पोखरेलले जानकारी दिए । राजधानी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया