काठमाडौं । मलेसियामा जारी महिला यु–१९ एशिया कपमा नेपालले आज सुपर-४ मा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ।
आइतबारदेखि सुरु भएको प्रतियोगिताको समूह चरणको पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर-४ मा पुगेको नेपालले बिहीबार श्रीलंकासँग प्रतिस्पर्धा गर्न लागेको हो।
यो खेल नेपाली समय अनुसार बिहीबार बिहान ११:४५ बजे सुरु हुनेछ।
सुपर-४ मा पुगेको नेपालले समूह चरणको अन्तिम खेलमा भने भारतसँग अंक बाँडेको थियो । मंगलबार मलेसियाको बायोमास क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको ९५ रनको लक्ष्य पछ्याइ रहेको भारतले ३.१ ओभरमा विकेट नगुमाई २८ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो। खेल रोकिएपछि भारत र नेपालले एकएक अंक बाँडेका हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया