असार २५, २०८२ बुधबार July 9, 2025

इङलिस प्रिमियर लिग : म्यान्चेस्टर सिटी एस्टन भिल्लासँग २-१ ले पराजित

सिटीभन्दा दुई खेल कम खेलेको लिभरपुल ३६ अङ्कसहित पहिलो स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इङलिस प्रिमियर लिगको दशौं चरणपछि खराब खेल पस्केको डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीले शनिबारको पहिलो खेलमा एस्टन भिल्लासँग हार व्यहोरेको छ ।

भिल्लाको घरेलु मैदान भिल्ला पार्कमा भएको खेलमा सिटी २-१ ले पराजित भएको हो । पराजित भएसँगै सिटीलाई यो वर्ष उपाधि रक्षा गर्न अब निकै ठूलो संघर्षमात्र गर्नुपर्ने छैन, लिभरपुल, चेल्सी र आर्सनल जस्ता ठूला टीमहरुको नतिजामा पनि भर पर्नुपर्ने भएको छ ।

शनिबारको खेलमा भिल्लाले १६औं मिनेटमा आक्रमण गर्दै सिटीलाई १-० ले पछि पारेको थियो । जोन डुरेनले गोल गर्दै भिल्लालाई पहिलो सफलता दिलाएका थिए ।

पहिलो हाफमा १-० ले पछि परेको सिटीलाई दोस्रो झट्का खेलको दोस्रो हाफमा लाग्यो । भिल्लाको लागि मोर्गेन रोग्रेसले गोल गरेपछि २-० को अग्रता मिल्यो ।

सिटीले खेलको इन्जुरी समयमा फोडेनमार्फत गोल गरे पनि त्यो जितको लागि पर्याप्त बनेन र खेल भिल्लाले जित्यो ।

जितपछि सिटीलाई पछि पार्दै भिल्ला १७ खेलबाट २८ अङ्कको साथ पाँचौं स्थानमा उक्लँदा समान खेलबाट सिटी २७ अङ्कसहित छैटौं स्थानमा झरेको छ । सिटीभन्दा दुई खेल कम खेलेको लिभरपुल ३६ अङ्कसहित पहिलो स्थानमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार