असार २५, २०८२ बुधबार July 9, 2025

फाल्गुनन्द गोल्डकपमा आज मछिन्द्र क्लब र झापा–११ बीच प्रतिस्पर्धा हुने

प्रतियोगिताको विजेताले नगद दश लाख ५५५ रुपैंयाँ र उपविजेताले नगद पाँच लाख ५५५ रुपैंयाँ पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पाँचथर । आयोजक फिदिम स्पोर्टिङ क्लवसँग टाइब्रेकरमा ५–४ गोल अन्तरले स्तब्ध हुँदै पाहुना टोली भारतको खर्साङ फुटवल क्लव ११ औं संस्करणको फाल्गुनन्द गोल्डकपको उद्घाटन खेलबाटै घर फर्किएको छ ।

फिदिम खेलमैदानमा शनिबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा घरेलु दर्शकको समर्थन पाएको फिदिम स्पोर्टिङ क्लवसँग खर्साङले गोलरहित बराबरी खेलेको थियो । खेलको निर्धारित समयमा दुबैतर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय सोझै टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा फिदिम स्पोर्टिङका आशिष चापागाई, राम वाजी, सुकराज राई, निरोज लिङदेन र बिशाल दर्जीले गोल गरे ।

खर्साङ फुटवल क्लवका आकाश प्रधान, बिशाल भण्डारी, रुस्तम प्रधान र प्रशान्त क्षेत्रीको प्रहारले जाली चुम्दा जोगेल लामाको प्रहार फिदिम स्पोर्टिङका गोलकिपर मिराक खजुमले बचाए । खेलको प्लेयर अफ् द म्याच फिदिम स्पोर्टिङ क्लवका गोलकिपर मिराक खजुम भए । उनले नगद दश हजार रुपैंयाँ प्राप्त गरेका छन् ।

प्रतियोगिता अन्तर्गत आइतबार मछिन्द्र फुटवल क्लव काठमाडौं र झापा–११ बीच प्रतिस्पर्धा हुने आयोजक फिदिम स्पोर्टिङ क्लवका अध्यक्ष दीपेन्द्र थापा मगरले बताए । पुस १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद दश लाख ५५५ रुपैंयाँ र उपविजेताले नगद पाँच लाख ५५५ रुपैंयाँ प्राप्त गर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार