असार २५, २०८२ बुधबार July 9, 2025

एपीएफ र नेपाली सेनाबीच मैत्रीपूर्ण हक्की सम्पन्न

एपीएफविरुद्ध नेपाली सेनाको टिम २–० ले विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल आर्मी (नेपाली सेना) बीच भएको मैत्रीपूर्ण हक्की सम्पन्न भएको छ ।

शनिबार सशस्त्र प्रहरी बल नेपाल नं. १९ बगलामुखी विशेष कार्यदल गण हल्चोक काठमाडौंमा भएको मैत्रीपूर्ण खेलमा एपीएफविरुद्ध नेपाली सेनाको टिम २–० ले विजयी भएको छ । त्यस्तै नेपाल प्रहरी टिमसँग पनि मैत्रीपूर्ण खेल खेलाइने छ ।

निकट भविष्यमा सञ्चालन हुन गइरहेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको हक्की विधामा सशस्त्र प्रहरी बल नेपालका खेलाडीहरुलाई पनि सहभागी गराउने उद्देश्यले देशभरका इकाईहरुबाट खेलाडी छनौट गरी गत साउन १७ गतेदेखि नं. १९ बगलामुखी विशेष कार्यदल गणमा हक्की खेल प्रशिक्षण कार्य भइरहेको छ ।

कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दिपक लामा, संघका पदाधिकारी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालका सिनियर अधिकृत, जुनियर अधिकृत तथा बिल्लादार जवानहरुको उपस्थिति रहेको थियो ।

सदस्यसचिव लामाले हक्कीको विकास र विस्तारका लागि प्रदेशले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । हक्की संघका अध्यक्ष अनिल शर्माले सदस्य–सचिव लामालाई प्रशंसापत्र प्रदान गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार