श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

आज नाग पञ्चमी पर्व मनाइँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आज साउन शुक्ल पञ्चमीका दिन नाग पञ्चमी पर्व मनाइँदैछ । नेपाली हिन्दु परम्परा अनुसार शनिवार बिहानेदेखि देशभरका नाग मन्दिमा भक्तजनको निकै घुँईचो रहेको छ ।

नाग पञ्चमीका दिन नागको तस्बिरलाई घरको मूल प्रवेशद्वारमा टाँसेर पूजा गर्दै, नाग मन्दिरमा दूध, दुबो, जल चढाएर धूपधुवाँर गर्दै नागप्रति श्रद्धा व्यक्त गर्ने प्रचलन रही आएको छ ।

उपत्यकामा चोभारपारि टौदह, नक्साल स्थित नागपोखरी, भचाखुसीस्थित घोडेनाग, गल्कोपाखा ठमेलमा रहेको हरिनाग मन्दिरमा, टुँडिखेल सुन्धारा छेउको मीननाग, इटुम्बहालको जलनाग, टेकुको टेकुनाग, थानकोटको नागढुङ्गा, धापाखेलको नागदह, र चाँगुनारायण नगरपालिका वडा नं-८, कलमसीस्थित कल्पेश्वर नाग मन्दिरमा विशेष पूजाअर्चना हुने गर्दछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया